टी-ट्वान्टी विश्वकप

फाइनलको टिकट काट्न पाकिस्तान र अष्ट्रेलिया मैदानमा, कसले मार्ला बाजी ?

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, कार्तिक २५ २०७८
  • फाइनलको टिकट काट्न पाकिस्तान र अष्ट्रेलिया मैदानमा, कसले मार्ला बाजी ?

    काठमाडौं । फाइनलको टिकट काट्न पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुदैंछ । पाकिस्तान र अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत आज ९बिहीबार० पाकिस्तान र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।

    दुबईको अबुधाबीमा सो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियालाई दबाब दिने अनुमान गरिएको छ । पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम रहेकाले आत्मविश्वासका साथ मैदान उत्रनेछ ।

    उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई सहज भने हुनेछैन ।

    समूह चरणमा अष्ट्रेलियाले इङ्ल्याण्डसँग ८ विकेटको हार ब्यहोर्नुपरेको थियो । त्यस खेल बाहेक अष्ट्रेलियाको प्रर्दशन राम्रो रहेको थियो ।

    विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend