मेस्सी फेरि बार्सिलोनामै !

  • अनलाइनमार्ग डेस्क

    सोमबार, कार्तिक १५ २०७८
  • मेस्सी फेरि बार्सिलोनामै !

    १५ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन ९पीएसजी०का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् ।

    प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

    ‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

    उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend