देउवा सरकारले डण्डा चलाएका युवराज खतिवडा कात्तिक १५ गते यसो गर्दैछन्

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, कार्तिक ४ २०७८
  • देउवा सरकारले डण्डा चलाएका युवराज खतिवडा कात्तिक १५ गते यसो गर्दैछन्

    फिर्ता बोलाइएका अमेरिकाको लागि नेपाली राजदूत डा। युवराज खतिवडा कात्तिक १५ गते काठमाडौं आइपुग्ने भएका छन् । सरकारले एक महिनाअघि नै फिर्ता बोलाएका विभिन्न देशका राजदूतमध्ये उनी पनि हुन् ।

    अमेरिकी विदेश मन्त्रालयका पदाधिकारीहरुसँग भेटघाटको निम्ति समय मागेको निहुँमा झण्डै एक महिनाको समय उतै गुजारेका उनले अक्टोबर महिनाभित्र स्वदेश फर्किने परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । परराष्ट्र स्रोतले भन्यो, ‘अक्टोबरभित्र स्वदेश फर्किनेछु भनेर केही दिन पहिले जानकारी आएको छ ।’

    गत असोजको शुरुमा सरकारले फिर्ता बोलाएपछि पदमुक्त भएका खतिवडा त्यसबीच बोस्टनमा आयोजित स्वागत कार्यक्रममा राजदूतकै हैसियतमा सहभागी भएका थिए । मासाचुसेट्स राज्यका सरकारी अधिकारीहरुसँग पनि राजदूतको हैसियतमा भेटघाट गरेका हुन् ।

    कूटनीतिक क्षेत्रको आचरणअनुसार कुनैपनि राजदूत पदमुक्त भएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुबाहेक विदेश मन्त्री तथा सरकार र राष्ट्र प्रमुखसँग मात्र भेटघाट गर्नुपर्ने हुन्छ । तर उनले उक्त आचरणको ठाडो उल्लंघन गरेको वासिङटन डिसीस्थित दूतावास स्रोतले बताएको छ ।

    असोज पहिलो साता राष्ट्रसंघको साधारण सभामा भाग लिन अमेरिका पुगेको परराष्ट्र मन्त्री नारायण खड्काको टोलीमा पदमुक्त भएका कारण खतिवडालाई राखिएको थिएन ।

    तर, त्यहि मेसोमा उनी राजदूतको हैसियतमा बोस्टनमा आयोजित कार्यक्रममा सहभागी भएर स्थानीयको स्वागत ग्रहण गरेका थिए । जबकि उनले बिदाई कार्यक्रममा सहभागी हुनुलाई मात्र स्वाभाविक मानिन्थ्यो । जनआस्थामा खबर छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend