केपी ओलीबाट करिष्मा मानन्धर निकै प्रभावित हुनुको कारण !

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, कार्तिक ४ २०७८
  • केपी ओलीबाट करिष्मा मानन्धर निकै प्रभावित हुनुको कारण !

    काठमाडौं, कात्तिक ४ । सदाबहार अभिनेत्री करिष्मा मानन्धर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै प्रभावित बनेकी छन् । उनले नेकपा एमालेका अध्यक्ष ओलीको नजिक बसेर विचार सुन्दा निकै आनन्द महशुष गरेको अनुभुति राखेकी हुन् ।

    सामाजिक सञ्जाल मार्फत ओलीसँगको भेटको तस्बीर सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले यस्तो अनुभुति सुनाएका हुन् । ‘उहाँ (केपी ओली) को नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो, सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के.पी ओली ज्युलाई धेरै धन्यवाद,’ अभिनेतृ मानन्धरले लेखेका छन् ।

    नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष ओलीको निवास बालकोटमा पुगेकी हुन् । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुगेकी हुन् । भेटमा सहभागी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।

    सांसद वलीले थोरै जानकारी दिएकी छन्। उनका अनुसार ‘अत्यन्तै खुला हृदयका साथ नेपालका बारेमा अनि नेपाली राजनीतिका बारेमा विश्लेषण भयो। असाध्यै महत्त्वपूर्ण विषयहरू उहाँले प्रस्तुत गर्नुभयो।’ यस क्रममा सांसद वलीले आफ्ना अध्यक्ष ओलीको निकै प्रशंसासमेत गरेकी छन्।

    ‘हामीहरूको खाली दिमागमा उहाँको भनाइले अत्यन्तै राम्रो रुल गरिरहेको छ’, उनले भनेकी छन्, ‘यसरी नै अरू नेताहरू पनि खुला भइदिएको भए सायद नेपाल धेरै अगाडि बढ्थ्यो होला।’ सांसद वलीका अनुसार भेटका अवसरमा नायिका करिश्मा र हास्य कलाकार जितुले पनि ‘आफ्ना महत्त्वपूर्ण कुरा’ राखेका थिए।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend