राजनीतिमा विना मगरको छलाङ, ससुरा प्रचण्डले आजै सुम्पिए यति ठूलो जिम्मेवारी !

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, कार्तिक ४ २०७८
  • राजनीतिमा विना मगरको छलाङ,  ससुरा प्रचण्डले आजै सुम्पिए यति ठूलो जिम्मेवारी !

    काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बहारी विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । बुहरी विनालाई अध्यक्ष प्रचण्डले आजै ठूलो जिम्मेवारी सुम्पिएका हुन् । माओवादीमा ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् ।

    माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत रहेकी विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

    यता पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल छन्। यस्तै विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। तथापि त्यसको संयोजकमा सूर्य सुवेदी रहने भएका छन्।

    अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल रहेको प्रवक्ता महराले बताए।

    जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

    उनका अनुसार कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

    यस्तै पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ छन् भने पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन छन्।

    यसैगरी राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह रहेको महराले बताए।

    विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा रहेका छन्।

    यसैगरी संघीय संसदीय विभागमा देव गुरुङ, समाजकल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत छन्।

    महराका अनुसार साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend