मनोज गजुरेललाई दोस्रो विवाह गलपासो बन्ने संकेत, पूर्वपत्नी मिना ढकालले यति भयङ्कर कदम चाल्दैछिन् !

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, कार्तिक ४ २०७८
  • मनोज गजुरेललाई दोस्रो विवाह गलपासो बन्ने संकेत, पूर्वपत्नी मिना ढकालले यति भयङ्कर कदम चाल्दैछिन् !

    चर्चित हास्यकलाकार मनोज गजुरेललाई दोस्रो विवाह गलपासो बन्ने संकेत देखिएको छ । केही दिन अघि मात्रै दोस्रो विवाह गरेका गजुरेलकी पूर्व पत्नी मिना ढकालले भयङ्कर कदम चाल्न लागेको बताएकी हुन् ।

    केही दिनअघि विहे गरेर आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुःखद जानकारी गराएको घोषणासहित जानकारी दिएका गजुरेलका लागि फेरि अर्को झन्झट आउने संकेत देखिएको छ । गजुरेल पत्नीका पछिल्ला गतिविधीले कलाकार गजुरेललाई झस्काएको छ ।

    उनको विवाहका तस्वीर बाहिर आएपछि पूर्व पत्नी मिना ढकाल रिसले आगो भएकी छिन्। उनले सामाजिक सञ्जालहरुमा विवाहपछि जथाभावी प्रतिक्रिया दिइरहेकी छिन् । मनोजले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विहे गरेका हुन् । घर परिवार, इष्टमित्र र दुबै तर्फका सन्तानहरुको सल्लाह अनुसार आफूहरुले विवाह गरेको उनको भनाई थियो ।

    मनोजको विवाहपछि उनको प्रसंशकले मिनालाई तथानाम गरिरहेको भन्दै उनले एक घोषणा गरेकी छिन्। उनको घोषणाले मनोज गजुरेललाई ठूलो झड्का लाग्ने देखिएको छ ।

    मिनाले अहिलेसम्म अंशबण्डा समेत नभएको, कानूनी लडाई कुनैपनि नलडेको, मात्र पारपारचुके पेपरमा साईन मात्र गरेको खुलाएकी छिन् । उनले मेडिकल काउन्सिल लगायतका संस्थाबाट मिनाको मानसिक स्वास्थ्यका बारेमा प्रश्न उठाएको सर्टिफिकेट गजुरेलले बनाएका कारण अब काउन्सिलमा गजुरेललाई उभ्याउने बताएकी छिन् ।

    गजुरेलले छलकपटपूर्ण तरिकाले श्रीमतीको मानसिक स्वास्थ्य ठिक छैन भन्ने प्रमाणपत्र बनाएर दोस्रो विवाह गर्ने योजना धेरै पहिले देखि बनाएको बल्ल आएर आफूले बुझेको मिनाको भनाई छ ।

    उनले सामाजिक सञ्जाल टिकटकमा नै आएर अब तिमीहरुका कलाकारलाई कसरी कानूनी कठघरामा उभ्याउँछु हेर्दै गर भन्दै चुनौती समेत दिएकी छिन् । उनले भनेकी छिन्ः ‘यसअघि मात्र एउटा साईन मात्र गरेकी थिए । छोरा छोरीका लागि भनेर कुनै कानूनी लडाई लडेकी थिइन । अब मनोज छोरा छोरीका बाउ रहनुभएन ।

    अब छोराछोरी मैले राख्नुपर्ने अवस्था आएको देखियो । यसैले अब म कानूनी लडाई लड्छु ।’ उनले अब केही दिनमा सत्यलाई प्रमाणित गरेर देखाईदिने दावी समेत गरेकी छिन् । विवाहपछिपनि आफू चुप लागेको भएपनि गजुरेलका प्रशंसककै कारण अब कानूनी लडाईमा जाने मनस्थितीमा आफू पुगेको बताइन् ।

    उनले भनिन् हेटरहरु तिमीहरु भुक्दै गर जति भुक्छौ भुक म त चुपचाप थिए । तर अब तिमीहरुकै कारण म कानूनी लडाई लड्ने निर्णयमा पुगे । अब तिमीहरुको प्रिय कलाकारलाई मेडिकल काउन्सिल लगायतका निकायमा कसरी उभ्याउँछु हेर्दै जानु ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को ३ बमोजिम पति पत्नी कानून बमोजिम अंश बण्डा गरी भिन्न भएमा त्यस्तो पुरुष वा महिलाले पुनः विवाह गर्न पाउँनेछन् भन्ने कानूनी व्यवस्था छ । यस्तो अवस्थामा पारपारचुके नभएपनि विवाह गर्न छुट छ । तर जहाँसम्म जानकारी बाहिर आएको छ उहाँहरुबीच त पारपारचुके समेत भइसकेको छ ।

    अझ लोकले नै थाहा पाइसकेको कुरा के हो भने केही बर्षदेखि अंश लिएर चित्त बुझाएर मिना र गजुरेल भिन्न बसेका छन्। यो अवस्थामा नेपालको कानूनले गजुरेललाई विवाह गर्न दिन्छ ।

    उनी जति ईश्र्यामा जलेपनि गजुरेलले गैर कानूनी काम भने गरेको देखिन्न । बरु मिनाले वितेको जीवन नखोतलेर आफूले समेत शान्तिसँग जीवन विताए सबैको भलो हुने सुझाव दिन सकिन्छ । मिना र गजुरेल केही बर्षदेखि अंश लिएर चित्त बुझाएर भिन्न बसेका छन ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend