फेसबुकको नाम फेरिदैं

  • अनलाइनमार्ग डेस्क

    बुधबार, कार्तिक ३ २०७८
  • फेसबुकको नाम फेरिदैं

    काठमाडौं । फेसबुकले आगामी साता ब्रान्डको नामलाई परिवर्तन गर्ने तयारी गरेको छ । द भर्ज म्यागजिनका अनुसार मेटाभर्स परियोजनालाई लक्षित गरी कम्पनीले नाम बदल्न लागेको हो ।

    सीईओ मार्क जुकरबर्गले आगामी २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएको समेत द भर्ज म्यागजिनले उल्लेख गरेको छ । नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

    सन् २०१५ मा गुगलले प्यारेन्ट कम्पनीको नाम अल्फाबेट बनाएकै मोडेलमा फेसबुकले पनि आफ्ना लोकप्रिय एपहरु फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलाई मेटाभर्सकै कम्पनी मातहत ल्याउन सक्ने अपेक्षा गरिएको छ । अहिले यी सबै एपहरु फेसबुक ईंकअन्तर्गत चलिरहेका छन् ।

    पछिल्लो समय ‘मेटाभर्स’बारे विश्व्यापी बहस भैरहेको छ । फेसबुकले यसमाथि लगानी गर्ने कुरा सार्वजनिक भएपनि चर्चा बढेको छ । फेसबुकले मेटाभर्स विकासको लागि युरोपमा १० हजार जनालाई रोजगारी दिने घोषणा गरिसकेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend