मित्रराष्ट्र पाकिस्तानी गायिकाले रोचक ढंगले ‘कुटुमा कुटु सुपारी दाना’ गाएको भिडियो बन्यो संसारभर भाइरल (हेर्नुहोस् भिडियोसहित)

  • अनलाइनमार्ग डेस्क

    बुधबार, कार्तिक ३ २०७८
  • मित्रराष्ट्र पाकिस्तानी गायिकाले रोचक ढंगले ‘कुटुमा कुटु सुपारी दाना’ गाएको भिडियो बन्यो संसारभर भाइरल (हेर्नुहोस् भिडियोसहित)

    मित्रराष्ट्र पाकिस्तानकी गायिकाले नेपाली गीत गाएको भिडिओ संसारभरका नेपालीमाझँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका सारा राजा खानले एक कार्यक्रममा नेपाली गीत गाएपछि त्यसको भिडिओ भाइरल भएको हो।

    उनले पाकिस्तानी नै गायक÷गीतकार गुलाम अलीले गाएको ‘गाजलु ती ठूलाठूला आँखा’ र गायक÷संगीतकार राजनराज शिवाकोटी, मेलिना राईलगायतको स्वरमा रहेको ‘कुटुमा कुटु सुपारी दाना’लगायत नेपाली गीत गाएकी हुन्। ‘कुटुमा कुटु सुपारी दाना’ नेपाली चलचित्र ‘दुई रुपैयाँ’को गीत हो।

    पाकिस्तानी गायिका साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले वाहवाही गरेका थिए।

    सारा पाकिस्तानी रियालिटी सो ब्राइट स्टारकी विजेता पनि हुन्। उनले ‘मेरे कातिल, मेरे दिलदार’ गीतबाट सर्वश्रेष्ठ मौलिक साउन्डट्र्याकका लागि सन् २०१३ मा पुरस्कार पाएकी थिइन्।

    तलको भिडिओमा सुन्नुहोस् पाकिस्तानी गायिकाले रोचक ढंगले नेपाली गीत गाएको–

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend