काठमाडौँ हल्लिनेगरी फेरि लगातार भूकम्पका २ धक्का, कहाँ हो केन्द्रबिन्दु ?

  • अनलाइनमार्ग डेस्क

    सोमबार, कार्तिक १ २०७८
  • काठमाडौँ हल्लिनेगरी फेरि लगातार भूकम्पका २ धक्का, कहाँ हो केन्द्रबिन्दु ?

    काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको पाङफुङ केन्द्रबिन्दु भएर आज सोमवार दिउँसो लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः४६ बजे र १ः५६ बजे समान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

    भूकम्पको धक्का आसपासका जिल्लाहरूसहित काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

    यसअघि हिजो आईतवार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend