भारतका सुनिल क्षेत्रीले अजेर्टिनाका मेस्सीलाई समेत उछिने !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, असोज ३१ २०७८
  • भारतका सुनिल क्षेत्रीले अजेर्टिनाका मेस्सीलाई समेत उछिने !

    काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् ।

    माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै सुनिलले मेस्सीसँग बराबरी गरेका हुन् ।

    नेपालविरुद्धको गोलसँगै सुनिलले ८० अन्तराष्ट्रिय गोल पूरा गरे । र, उनले मेस्सीको गोल संख्यासँग बराबरी गरे । ३७ वर्षीय सुनिलले १ सय २४ खेलमा ८० गोल गरेका हुन् । मेस्सीले १ सय ५६ खेलमा ८० गोल गरेका हुन् ।

    कप्तान सुनिल सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने हाल सक्रिय फुटबल खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् । सुनिल अघि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेका छन् । रोनाल्डोले १ सय १५ गोल गरेका छन् ।

    यता साफ फाइनल जित्ने नेपालको सपना चकनाचुर भएको छ । भारतले माल्दिभ्समा शनिबार राति सम्पन्न फाइनलमा नेपाललाई ३–० गोलअन्तरले पराजित गर्दै दक्षिण एसियाली फुटबल९साफ०च्याम्पियनसिपको उपाधि जितेपछि नेपालको सपनामा धक्का लागेको हो ।

    योसँगै साफको ३ दशक लामो इतिहासमा पहिलो पटक यति नजिक पुगेर पनि उपाधि उचाल्ने नेपाली सपना चकनाचुर भएको छ।

    साफको सुरुवातबाट नै उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको पराजित भएसँगै उपविजेतामा सीमित बनेको छ। उता भारतले भने आठौँ पटक साफको उपाधि उचालेको हो।

    माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० को गोल अन्तरले पराजित भयो। पहिलो हाफमा गोलरहित बराबरी गरेको नेपालले दोस्रो हाफमा नेपालले तीन गोल ब्यहोर्यो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend