कांग्रेस युवा नेताको माग

शिक्षक सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपुर्ति गरोस्ः नैनसिंह महर

  • अनलाइनमार्ग डेस्क

    आइतबार, असोज ३१ २०७८
  • शिक्षक सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपुर्ति गरोस्ः नैनसिंह महर

    नेपाली कांग्रेसका बौद्धिक युवा नेता नैनसिंह महरले शिक्षा सेवा आयोगसँग तत्काल रिक्त शिक्षकको पदपुर्ति गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता महरले शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको लामो समय भएको भन्दैं नेता महरले यस्तो माग गरेका हुन् ।

    ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको लामो समय भएको छ ।, नेता महर भन्छन्, यसबाट विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको छ । शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपुर्ति गरोस् ।’

    साथै नेता महरले शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उठाउन, शिक्षालाई सीपमुलक र देशको विकासको आवस्यकतासँग जोड्ने गरि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    नैतिकतामा आधारित मानवतावादी शिक्षालाई मुलमन्त्र बनाएर देशमा कृषि, उद्योग, विज्ञान तथा प्रविधिको विकासमा फडको मार्ने बेला आएको नेता महरको भनाई छ ।

    ‘नैतिकतामा आधारित मानवतावादी शिक्षा लाई मुलमन्त्र बनाएर देशमा कृषि, उद्योग, विज्ञान तथा प्रविधिको विकासमा फडको मार्ने बेला आएको छ ।, नेता महर अगाडी भन्छन्, यिनै अहंम बिषय संग शिक्षा जोडन सके मात्र हामी २१ शताब्दीको विश्व संग प्रतिस्पर्धा गर्न सक्छौं । शिक्षकको सीप तथा क्षमता विकासका लागि प्रभावकारी र वैज्ञानिक तालीम निरन्तर रुपमा आयोजन गर्नुपर्नेछ । शिक्षकको सेवा सुविधामा उल्लेखनीय वृद्धि गरेर ‘बेष्ट ब्रेन’ लाई शिक्षणमा आकर्षित गरिनुपर्छ ।’

    नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता महरले गुणस्तीय शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क गर्नुपर्ने पक्षमा पैरवी गर्दै आएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend