कठिन समयमा पनि हाँस्न नछोडेनुुहोस्

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, असार २२ २०७८
  • कठिन समयमा पनि हाँस्न नछोडेनुुहोस्

    जीवनमा सुख र दुःख आउने अनि जाने भइनै रहन्छ । जब अचानक कुनै दुःख आए, त्यो समयमा पनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँस्दा सकारात्मकता प्राप्त हुन्छ । जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला ।

    यसै सन्दर्भमा यो कथा मनन गरौँ ।

    प्राचिन समयमा एक राजालाई युद्ध गर्ने शौख थियो । जब उनी युद्धमा जान्थे तब उनको खानपानको यतिधेरै सामान हुन्थ्यो कि जसलाई लैजानको लागि ३०० भन्दा बढी हातिको आवश्यकता पर्दथ्यो ।

    एकपटक राजा युद्धमा गए तर शत्रु उनीमाथि हावी भए । शत्रुले राजालाई हराए र उनलाई नजरबन्द गरे । राजाका सबै हातिलाई अर्का राजाले जफत गरे ।

    त्यसपछि राजा कैदि जस्तै भए ।

    एक दिन राजाको पुरानो भान्से उनीसँग भेट्न आए । भान्सेलाई देखेर राजाले भने९ मलाई धेरै भोक लागेको छ, के मेरोलागि खाना बनाइदिन्छौ रु

    भान्सेले कसैगरी रोटी र तरकारीको व्यवस्था गरे र सानो भाँडामा लिएर राजाकोमा पुगे । भान्सेले खाना राजाको अगाडि राखे । राजाले भाँडो उठाउन लाग्दा एउटा कुकुर त्यहाँ पुग्यो र भाँडोमा मुख हाल्यो ।

    भाँडोको मुख सानो थियो । यसकारण कुकुरको अनुहार भाँडामा फस्यो र डरले कुकुरले भाँडा लिएर भाग्यो । यो देखेर राजालाई हाँसो आयो ।

    भान्सेले यो कुरा बडो ध्यानसँग हेरिरहेका थिए । राजालाई हाँसेको देखेर उसले सोधे९ तपाईं किन यसरी हाँसिरहनु भएको रु अत्यन्तै मुश्किलबाट तपाईंको लागि खाना ल्याएको थिएँ, तपाईंलाई धेरै दिनमा राम्रो खाना मिलेको थियो त्यैपनि कुकुरले लिएर भाग्यो, तपाईं हाँसिरहनुभएको छ ।

    राजाले भने म यो सोचेर हाँसिरहेको छु, कुनैबेला मेरो खाना लैजानको लागि ३०० हातिको आवश्यकता पर्थ्यो तर आज एउटा कुकुरले मेरो खाना लिएर भागिरहेको छ ।

    अतः अवस्था कहिले परिवर्तन हुन्छ, कसैलेपनि भन्न सक्दैन । यसकारण जब मुश्किल समय आउँछ, त्यो बेलापनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँसिरहँदा दुःखलाई कम गर्न सकिन्छ ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend