बल्ल खुले फेसबुक, इन्स्टाग्राम र वाट्सएप, यस्तो रहेछ ६ घण्टासम्म बन्द हुनुको कारण !

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, असोज १९ २०७८
  • बल्ल खुले फेसबुक, इन्स्टाग्राम र वाट्सएप, यस्तो रहेछ ६ घण्टासम्म बन्द हुनुको कारण !

    सोमबार राति विश्वभर फेसबुक, इन्स्टाग्राम र वाट्सएप झन्डै ६ घण्टा बन्द भएका छन्। सर्भर डाउन भएका कारण फेसबुक, इन्स्टाग्राम र वाट्सएप घन्टौं बन्द भएको हुन् । तिनवटै सामाजिक सञ्जाल मार्क जुकरवर्गकै हुन् ।

    एएफपीका अनुसार झन्डै ६ घण्टा बन्दपछि फेसबुक, इन्स्टाग्राम र वाट्सएप पुनः सञ्चालन भएका छन्। तर सुधार प्रक्रिया अझै जारी छ।

    सोसल मिडिया प्लेटफर्म वाट्सएप, फेसबुक र इन्स्टाग्रामले विश्वभर अचानक काम गर्न बन्द गरेका थिए। यो समस्या सोमबार राति सवा ९ बजे सुरु भएको थियो।

    यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे तुरुन्तै ट्विटरमा प्रतिक्रिया दिन थालेका थिए। बन्द भएपछि फेसबुकको सेयर ६ प्रतिशत घटेको बताइएको छ।

    आउटेज ट्रेकिङ कम्पनी Downdetector.com का अनुसार ८० हजार युजर्सले वाट्सएप र ५० हजारभन्दा बढी युजर्सले फेसबुकमा उजुरी गरेका छन्।

    सेवा ठप्प भएपछि फेसबुक र वाट्सएपले माफी माग्दै चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने बताएका थिए। फेसबुक, इन्स्टाग्राम र वाट्सएप जुकरवर्गले फेसबुकमा स्टाटस लेख्दैं क्षमा मागेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend