उज्यालाोका नायक कुलमान उत्रिए एक्सनमा, प्रचण्डलाई बनाए पहिलो निशाना !

  • अनलाइनमार्ग डेस्क

    शनिबार, असोज १६ २०७८
  • उज्यालाोका नायक कुलमान उत्रिए एक्सनमा, प्रचण्डलाई बनाए पहिलो निशाना !

    कुलमान घिसिङलाई बिधुत प्राधिकरणको प्रमुख बनाउन मेन रोल खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लाबाट बिधुत प्राधिकरणले एक्सन लिन थालेको छ । कुलमानको निर्देशन पछि प्रचण्डको गृहजिल्लाबाट भाडा तिर्न अटेर गर्ने इन्टरनेट र केबल टिभीको तार काटेर बिधुत प्राधिकरण एक्सनमा उत्रिएको हो ।

    नेपाल विद्युत प्राधिकरण एक्सनमा उत्रिएको छ । प्राधिकरण बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गर्ने इन्टरनेट र केबल टिभीको तार काटेर एक्सनमा उत्रिएको हो ।विराटनगर वितरण केन्द्रले तीन ठाउँमामा इन्टरनेट र केबल टिभी तार काटेर एक्सनमा उत्रिएको हो ।

    शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।

    विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो ।इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् ।

    बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद छ । सेवा प्रदायकहरुले भाडा प्रयोग गरे बापतको रकम भुक्तानी गर्न नमानेपछि तार कटौती गरेको हो ।प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन् ।

    विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् ।आर्थिक वर्ष २०७७÷७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend