बुढ्यौली जीवन

जेष्ठ नागरीक (बुढ्यौली) जीवन आजको आधुनिक समाजमा अभिशाप कि बरदान ?

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, असोज १४ २०७८
  • जेष्ठ नागरीक (बुढ्यौली) जीवन आजको आधुनिक समाजमा अभिशाप कि बरदान ?

    मानव सभ्यताको उदयको इतिहास सँगै परिवार भन्ने शब्द गाँसिएको छ । यसलाई स्वस्थ्य पारिवारिक जीवन एव
    सुखद सभ्य सामाजीक संरचनाको अंग पनि मानिएको छ । सामाजिक कार्यकर्ताको यो भनाइ कति शान्दर्भिक होला
    एउटा सयुक्त परिवारले पूर्ण सामाजिक सुरक्षा त दिन्छ नै त्यस बाहेक आजका कामकाजी बाबु आमाका सन्ततीको
    हेरचाह पनि ती हजुरवुवा हजुरआमा भन्दा अरुले गर्न सक्तैनन ।

    एउटा परिवार भन्नाले बुवा, आमा, छोरा, बुहारी, दिदी, बहिनी, नाती, नातिनीलाई परम्परागत रुपमा मानिन्छ ।
    भनिन्छ सुखद पारिवारिक संबन्ध भन्दा उत्तम कुनै संबन्ध हुदैन । यी सबै एउटा प्राकृतिक अलिखित सदभावले
    बाधिएका हुन्छन जीवनका दुःख सुखका क्षणमा हौसला एवं सान्तवना बांढन। समाज शास्त्रीको आकलनमा जस्तो
    सुकै परिवारिक द्वन्दको स्थितीमा पुरुषलाई आपत विपत परेको बेला उसको सहधर्मिणीले जतिको हेरविचार कुनै
    व्यवशायीक परिचारीका वा स्वास्थ्य कर्मीले भन्दा बढी गर्दछिन ।

    एउटा अशिक्षित आमाले आफ्ना सन्ततीलाई जतिमाया र स्नेह कुनै आपत विपत एवं रोग व्याधिको बेला पु¥याउछिन त्यो कुनै व्यवशायीक नर्सिग होमका दक्षले के पो पु¥याउन सक्लान यो सामाजिक मनोविज्ञानका विज्ञको धारणमा पाइन्छ । यो हाम्रो पुर्विय सामाजिक संरचनाकोआधार भुत विशेषांक पनि हो ।तर पश्चिमी सभ्यताको प्रभावले हाम्रा प्रचलित पारिवारिक संस्था खलबलीन पुगेको
    छ ।

    आज पारम्परिक पारिवारीक व्यवस्या भन्दा धन तथा बैभव प्रमुख मानिएको सामाजिक अवधारणाले
    व्यक्तिलाई पारिवारिक दायराबाट टाढा विदेशिन वाध्य पारेको छ । सुखद भविष्यका लागी जस्को प्रणिती हिजोको
    त्यो संयुक्त पारिवारिक परिवेषको साटो छुट्टै अस्तित्वमा रमाउन चाहन्छ । संयुक्त पारिवारिक परिवेषमा रहदा
    बाधिनुपर्ने केहि शर्त परम्पराबाट पन्छिन पारिवारीक विखण्डनलाई आज एउटा सुनौला अवसर ठानिन्छ खासगरी
    आजका शिक्षित एवं स्वतन्त्र महिलाहरु तर यस प्रवृतिले ढिलो चाडो भएपनि समयले एउटा तितो सत्य ओकलछ ।
    यस परिस्थीतीले तीनका सन्ततिले भोग्न परेको एकाकीपन यस्ता परिस्थीती ती प्रौढ निवृत जीवन निर्वाह गर्नेहरुले
    एउटा मनोबैज्ञानिक उपचार मात्र गर्दैनन बरु कतिपय पारिवारीक अन्तरद्वन्दमा एउटा सहजकर्ताको भुमिका सम्म
    निर्वाह गर्दछन । हिजोको पारम्परीक परिबेषमा पति पत्नी विच सम्बन्ध विच्छेद कल्पना सम्म गर्न सकिन्न थियो
    आजको छापामा देखिए जस्तै किनभने आजका कामकाजी पुरुष तथा महिला दुवै साथी संगीको सल्लाहमा लिने
    यस्ता निर्णय कति यथार्थपरक होला, आफ्ना अग्रजको दाजोमा यसलाई समाज शास्त्रीहरु पनि दिग्भ्रमित छन ।
    आज प्रत्येक व्यक्ति चाहे ती पुरुष हुन वा नारी अति महत्वकाक्षी भई आत्मकेन्द्रित भएका छन परिवार अनि
    समाजलाई विर्सेर ।

    भनिन्छ हिजोको दिन जब नारी एक कुशल गृहणीका रुपमा थिएन त्यसबेला परीवार निश्चीन्त
    थियो । तर आजको तिव्रगतिमा बन्दो आकक्षाले गर्दा एकल आय आर्जन एवं शिक्षाको सामान अवशरका कारण जव

    नारी आत्मनिर्भर हुन आफ्नो कार्य क्षमता प्रदर्शन गर्न कार्य क्षेत्रमा ओर्लिदा उनमा हिजोको परम्परागत गृहणीको
    भुमिका स्वीकार्य हुन सकेन जस्ले गर्दा उनीहरु हिजोको त्यो अर्धाङगनी, बुहारी अनि मातृत्वबाट पन्छिन प्रयासरत
    रहन्छीन जस्को मनोबैज्ञानिक असर सन्ततीले भोग्न परेको स्थिति आजको समाजमा देखा परेको छ । नत्र किन
    लागु पदार्थ जन्य र्दुव्यशनीहरु प्रायःजसो संभ्रान्त परिवारका हुने गर्दछ । उपभोक्तावादी एकाकीपनको अर्को पाटो
    परम्परागत पारीवारिक संरचनाको विघटन, पारिवारिक अन्तरद्वन्द हासोन्मुख आपसी सदभाव, अनि परम्परागत
    सामाजिक मुल्य मान्यताको अवमुल्यनका रुपमा देखा परेका छन । आधुनिक वैयकतिक जीवनशेैली, सामाजिक
    परिवेषले आज परिवारको साटो व्यक्ति आत्मकेन्द्रित हुन पुगेको छ ।

    हिजोका पारिवारीक चाडपर्वमा जनाइने आत्मनियता सौहार्दता आजको परिवेषमा आत्मकेन्द्ति हुन पुगेको छ । आज मानिस आफु बाहेक परिवारका अन्यसदस्य प्रति सकभर जिम्मेवार हुन नपरोस भन्न रुचाउछन यस परिबेक्षमा एकै परिवारका सदस्यहरु विच
    आत्मीयताको साटो एकाकीपन बढदै गएको छ । अर्को तर्फ परिवारमा बृद्ध–बृद्धाहरु अपक्षेती हुन पुगेका छन ।
    धन्य आजको संचार माध्यमले गर्दा संगै नबस्दा पनि औपचारिकताका लागी, आकल झुकल सम्झना विर्सनाका
    साहनाभुती पूर्वकका सम्पर्क हुने गरेको छ । केहि गरि परिवारका वृद्ध वृद्धाहरु सँगै बसेका भए तिनिहरु प्रतिको
    व्यवहार साना नानीहरुको स्याहार सुसार गर्ने घाइ सुसारे सरह व्यवहार गरिनु आजको आधुनीक जीवन शैलीको एक
    अंग मानिएको छ भने व्यर्थको आर्थिक बोझ पनि, अनि कति बाँचि राखेका पनि ।

    तर यथार्थ यस भन्दा फरक छ,तीनको अनुभव, तीनको सहनशिलता अनि आफ्ना नाती नातीनी प्रतिको वात्सल्यताले तीनले आफ्ना कार्यक्षेत्रमाव्यस्त बाबु आमा भन्दा बढि माया एवं हेरचाह पु¥याउन सक्तछन । यसै प्रसंगमा विगतमा दशकमा, हाम्रो समाजमा
    प्रौढ, एवं बृद्ध बृद्धा प्रति गरिएका व्यवहारमा क्रमशः हाम्रो सोचमा परिवर्तनका लक्षण देखा पर्न थालेको छ ।

    जसरी ६०–७० को दशकमा पश्चिमी मुलुकमा यसै परिस्थितिबाट हिडेको थियो आज उनीहरु पनि संयुक्त परिवार तर्फ
    उन्मुख भएका छन हाम्रो आफ्नो परिवेष पनि त्यस तर्फ उन्मुख हुने तरखरमा छ, जस्ले गर्दा सर्वत्र विखण्डीत हाम्रा
    सामाजीक परम्परागत पारिवारीक मुल्य मान्यता पुर्नजिवीत हुने संभावना तर्फ इंगीत गर्दछ । तर हाम्रो सामाजिक
    परिवेषमा तिव्र बेगमा बगेको आधुनिक आत्मकेन्द्रित महत्वाकांछी प्रतिस्पर्धाको तुलनामा यो क्रम त्यती चाडै नै
    सफल हुन केही समय त लाग्ला नै तर यसबारे बेलैमा सोच्नु पर्ने बेला पो आइसक्यो कि हाम्रा जेष्ठ नागरीक प्रति
    सम्मान गर्ने अनि जुन पीढीले आज हामीलाई यहाँ सम्म पु¥याउन मद्दत ग¥यो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend