स्टाफ कलेजः अनियमितता र विसंगतिको केन्द्रबिन्दु बन्दै

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, असोज ५ २०७८
  • स्टाफ कलेजः अनियमितता र विसंगतिको केन्द्रबिन्दु बन्दै

    नेपाल सरकार र सार्वजनिक संस्थाहरूको प्रशासन सुधार गर्दै सरकारको सार्वजनिक जवाफदेहिता र सेवा प्रवाहलाइ गुणस्तरीय बनाउन २०३९ सालमा गठन गरिएको स्टाफ कलेज बिगत केहि बर्ष देखि अनियमितता र विसंगतिको केन्द्रबिन्दु बन्दै गैरहेको छ । केहि त्यस्ता प्रकरणहरूको चर्चा उहाँ गरिएको छ ।

    प्रकरण १. बिना प्रतिष्पर्धा ठाडो नियुक्ति

    स्टाफ कलेजमा कार्यकारी निर्देशकमा पुन्य प्रसाद न्यौपाने नियुक्त भएपछि २०६७ सालमा पहिलो पटक शिव अधिकारी, त्रिलोचन पोखरेल र तुलसी सिग्देललाइ बिना प्रतिस्पर्धा ठाडै नियुक्ति दिइएको हो । अन्य संस्थाहरूमा लिखित परिक्षाको व्यवस्था रहेको र स्टाफ कलेजमा पनि त्यो व्यवस्था रहेकोमा त्यसलाइ लत्याउँदै यि तीनजनालाइ आफ्नो मान्छे भएको आधारमा बिना प्रतिस्पर्धा र लिखित परिक्षा ठाडै नियुक्ति दिइएको कुरा पुर्वकर्मचारीहरू बताउँछन् ।

    प्रकरण २. नक्कली प्रमाणपत्रको बिगबिगि

    २०६९ सालमा अधिकृत तृतीय श्रेणीमा प्रवेश गरेकि अचला दाहालले त्यसअघि अधिकृत तृतीय श्रेणीमा काम गरेको नक्कली प्रमाणपत्र (गाडीको सोरूममा काम गरेको) पेश गरेर २०७१ सालमा अधिकृत प्रथम श्रेणीमा फड्को मारेको बताउँछन् पुर्वकर्मचारी, नाम नबताउने शर्तमा । उनका अनुसार, अझ रमाइलो त सो बिज्ञापनमा पद संख्या १ को विज्ञापनमा १ मात्र आवेदन पारीएको र नियुक्ती दिइएको र सो क्रममा तत्कालिन शक्तिशाली कर्मचारी तारक केसीले ठुलै आर्थिक अनियमितता गरेको बताउँछन् उनी । त्यसै गरी २०६९ सालमा ना सु मा प्रवेश गरेकी शितल तामाङ्ग २०७३ मा अधिकृत तृतीय हुँदै २०७४ मा अधिकृत द्वीतिय हुनेक्रममा पेश गरेको प्रमाण पत्र पनि नक्कली रहेको छ । कलेजको नियमावलीमा अधिकृत द्वीतिय पदको लागी योग्यता स्नातकोत्तर विशिष्ट श्रेणी (जुन ग्रेडमा न्यूनतम सि.जि.पि.ए. ३.७५ हुन आउँछ) मा उतिर्ण भएको हुनुपर्ने व्यवस्था रहेकामा नीजको सि.जि.पि.ए. ३.५१ मात्र भएको ले निजलाइ आवेदनको लागि योग्य बनाउन रातारात तारक के सि ले नियमावलीमा संसोधन गरि विशिष्ट श्रेणी वा सि.जि.पि.ए. ३.५ बनाएको ले आर्थिक चलखेलको गन्ध पनि देखिन्छ । साथै नीजले पेश गरेको अनुभबको प्रमाणपत्रमा पनि शंका गर्ने ठाउँ भएको एक पुर्व कर्मचारीले बताए । उनका अनुसार न्यूनतम ५ वर्ष अधिकृत तृतीय श्रेणी वा सो सरहको पदमा कार्य गरेको हुनुपर्ने तर निज अधिकृतले पेश गरेको अनुभवको विवरणमा टेलिभिजनको कार्यक्रममा कार्य गरेको अनुभवलाइ पनि अधिकृत स्तरको अनुभव मानी दरखास्त स्वीकृत गरिएको जानकारी भएको र यसमा पनि आर्थिक चलखेलको आशंका गर्न सकिन्छ । जानकारी अनुसार नीज शितल गायिका भएको र नीज मातापिता चर्चित गायक गायिका शिलाबहादुर मोक्तान र कुन्ति मोक्तान रहेकाले यस्ता अनियमितता हुनु स्वभाविक नै मान्न सकिन्छ, एक पुर्व कर्मचारीका अनुसार ।

    प्रकरण ३. आर्थिक अनियमितताको जालो

    कलेजमा कार्यरत कर्मचारीहरू सुवर्ण सिंह, श्यान किरात, सुन्दर श्रेष्ठ, शैलेन्द्र भट्ट लगायत खरिद, लेखा र भौतिक शाखाका कर्मचारीहरूको मिलिभगतमा टेण्डर गर्दा ठुलो मात्रामा आर्थिक चलखेल हुने गरेको र सो को भागबण्डा तत्कालिन कार्यकारी निर्देशक न्यौपाने सम्म पुग्ने गरेको भुक्तभोगिहरू बताउँछन् । यि मध्ये सिंहले राजिनामा दिइसकेका, श्यान, सुन्दर र शैलेन्द्रहरूले पुरस्कार स्वरूप एक तह बढुवा पाएको त्यँहि कार्यरत पुराना कर्मचारी बताउँछन् । त्यसै गरी ए डि बि का सबै प्रोजेक्टहरू दशकौं देखि शिव अधिकारीले मात्र चलाउँदै आएको बताए एक पुर्व निर्देशकले । उनका अनुसार डलरमा तलब हुने यस्ता प्रोजेक्टहरूको होटेलमा गरिने आवाशिय कार्यक्रमहरूमा प्रतिव्यक्ति १८०० को खर्चलाइ ४२०० देखि ७२०० सम्मको बिल बनाएर माथी सम्म भागबण्डा गरेको पुरस्कार स्वरूप नीज अधिकारीले एक तह बढुवाका साथमा अहिले पनि प्रोजेक्टका साथमा महत्वपूर्ण जिम्मेवारी पाएको एक कर्मचारीले बताए ।

    प्रकरण ४. अध्ययन विदाः अध्ययन रद्ध, पुरस्कार

    प्रसँग तुलसी सिग्देलको हो । कलेजमा २०६७ मा बिना प्रतिष्पर्धा अधिकृत द्वीतियमा छिरेका सिग्देलले २०७१ मा अधिकृत प्रथम (सहसचिव) को पद प्राप्त गर्न सफल हुन्छन् । त्यस पश्चात् विधावारिधि गर्न अध्ययन बिदामा काठमाण्डौ विश्वविधालय गएका सिग्देलले क्यानाडाको एन् जि ओ मा काम गरेर प्रशस्त कमाउँछन् तर विधावारिधिको शोध गर्न लाग्दैनन् । तसर्थ विश्वविध्यालयले उनको विधावारिधि रद्ध गरिदिन्छ र उनि कलेजमा फर्किन्छन् २०७४ मा । तत्पश्चात् त्यहिँ कार्यरत उनको बढुवा हुन्छ २०७७ सालमा बिशिष्ट श्रेणीमा । रमाइलो त के छ भने उनि अध्ययन बिदामा गएको रेकर्ड कतै भेटिदैन । यो कस्तो पुरस्कार हो ? जसले जुन प्रयोजनको लागि बिदा लिएको हो सो अध्धयनको प्रमाण पत्र पनि नचाहिने अनि बिदामा बसेको रेकर्ड पनि नभेटिने र पुरस्कार स्वरूप सचिव सरहको पदमा बढुवा हुने । अझ हाँसो लाग्दो कुरा तिनै सिग्देलले कलेजमा सदाचार र नैतिकताका कुरा पढाउँछन् ।

    प्रकरण ५. निरिह अख्तियार ?

    माथि उल्लेखित प्राय सबै प्रकरणहरू न्यौपाने कार्यकारी निर्देशक र तारक उपकार्यकारी निर्देशक हुँदाका बखतमा भएका हुन् । सुनिन्छ यि सबै प्रकरणहरूको उजुरी अख्तियारमा छ र अनुसन्धानकै क्रममा रहेको छ । न्यौपाने पछि कार्यकारी निर्देशकमा आएका पुर्व अर्थ सचिव डा. राजन खनाल तुलनात्मक रूपमा स्वच्छ छविका मानिन्छन् । उनि कार्यकारी निर्देशक नियुक्त भएपश्चात केहि आशा पलाएको स्वच्छ छविका कर्मचारी हरू बताउँछन् । तर उनैले आफ्नो पद, प्रतिष्ठा र शक्तिको दुरूपयोग गरेर कलेजसँग सम्बन्धित रहेका सबै मुद्धाहरू बन्द गराएको अख्तियारकै एक पुर्व कर्मचारीले बताए । पुर्व प्रधानमन्त्रि ओलिका दाहिने हात भएर कलेजमा आएका खनालको शक्ति र ओज प्रति अख्तियार निरिह वा नतमस्तक भएकै हो त ? यो प्रश्नमा एक पुर्व कर्मचारीले बताए कि खनाल त त्यस्ता व्यक्ति होइनन् तर पुर्वसचिव विष्णु लम्साल यस्ता कार्यमा माहिर मानिन्छन् र यो सबै उनैको कारण भएको हुनुपर्दछ । अख्तियारका कर्मचारी हरूले यस विषयमा केही बोल्न मानेनन् भने कलेजका कर्मचारीहरू पनि मुख खोल्न मान्दैनन् ।

    प्रकरण ५. आफैले सहमति दिएको पदमा आफ्नै नियुक्ति

    २०७७ सालमा लोकसेवा आयोगका सचिव थिए आनन्द ढकाल । उनि मान्छे पनि आनन्दकै रहेछन् । स्टाफ कलेजको पदपुर्ति समितिको अध्यक्षमा लोकसेवा आयोगका सचिव अध्यक्ष रहने व्यवस्था छ । त्यसै अनुरूप ढकालले आफ्नै अध्यक्षतामा खोलेको बित्रापनमा आफै नियुक्तिको निवेदन दिएर अहिले कलेजमा बिशिष्ट श्रेणिको पदमा कार्यरत रहेका छन् । कहिँ नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै त होइन ? लाज शरम, नैतिकता सबै प्रशासकहरूमा हराउँदै गएको हो त ?

    प्रकरण ६. लोकसेवा कि फेकसेवा?

    कलेजमा २०७७मा खुलेको बिज्ञापनले यस्तो प्रश्न जन्माएको त्यहि विज्ञापनका उम्मेद्वार र पुराना कर्मचारीहरूले बताए । २०७७ मा लोकसेवाले लिएको विज्ञापनमा उम्मेद्वार थिए कलेजका कर्मचारी सुन्दर श्रेष्ठ । सोहि समयमा खुला प्रतिष्पर्धा गर्दै गरेका उम्मेद्वारहरूले बताए अनुसार सुन्दर श्रेष्ठ, जो सहसचिव सो सरहको पदमा उम्मेद्वार थिए, उनैले तल्लो तहका कर्मचारीहरूसँग भन्दै हिँडेका थिए कि मेरो त लोकसेवामा राम्रै चिनजान र प्रभाव छ, म त सजिलै पास हुन्छु । हुन पनि त्यस्तै भयो, ५ जना कर्मचारीहरूमा उनि मात्र पास भए जबकि अरू प्रतिस्पर्धिहरूको अनुभवमा उनिले लेख्न नसकेर समयभन्दा अगावै परिक्षाशलबाट बाहिरिएका थिए । यसले पनि लोकसेवाको स्वच्छतामा प्रश्न उठाएको छ । यसै प्रसँगमा लोकसेवाका कर्मचारीहरूसँग प्रश्न गर्दा जवाफ दिन नमिल्ने बताए । हुन त लोकसेवाका पुर्व सचिव अानन्द ढकाल नै आफैले खोलेको भ्याकेन्सिमा आफै निवेदन दिएर नियुक्ति लिएका छन् भने अन्य कुराको स्वच्छतामा के आशा गर्नु र ?

    निश्कर्ष

    स्टाफ कलेल बिगत एक दशक देखि ओरालो लाग्दै गएको हो कि भन्ने भान हुन सक्छ । तर अझै पनि प्रशासनको सुधार गर्न र सदाचारिता पालना गर्न मरिमेट्ने कर्मचारीहरू अझै त्यहाँ कार्यरत रहेको बताउँछन् अख्तियार, संघीय मामिला मन्त्रालय तथा लोकसेवाका कर्मचारिहरू । यस्ता कर्मचारिहरूको मनोबल बढाउन आवश्यक रूपमा अख्तियारले अझै पनि कार्वाहि गर्न ढिला नभएको र मुद्धा बन्द नगरि उल्लेखित कर्मचारीहरूलाइ बर्खास्त गरि हदै सम्मको सजाय दिएर पनि बाँकी कर्मचारी हरूको मनोबल उच्च राख्नु पर्दछ भन्छन् अख्तियारकै प्रर्व कर्मचारीहरू । के स्टाफ कलेजमा यो सम्भव छ त ? अख्तियारका पुर्व कर्मचारी भन्छन् सम्भव छ मात्र आयुक्त र प्रमुख आयुक्तले कलेज पवित्र संस्था हो र यसको पवित्रता रहिरहनुपर्दछ भन्ने मान्यता राख्नु पर्दछ । के यो संभव होला ?

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend