‘कलियुगी भक्ति र शिघ्र वरदानको प्रतिफली तादाम्यता’

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, भाद्र २२ २०७८
  • ‘कलियुगी भक्ति र शिघ्र वरदानको प्रतिफली तादाम्यता’

    ईश्वरीप्रसाद पोखरेल
    उपसचिव
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

    ठूलो स्वरमा धर्मनिरपेक्षताको पक्षमा वकालत गर्ने नेताहरुले होली वाइन संस्कृतिलाई राजकीय सम्मानका साथ देशमा भित्राएको घटना होस् वा अन्य धार्मिक सवालका गतिविधिहरु हुन् । राज्य, एनजिओ, आइएनजिओ तथा विभिन्न संघसंस्था तहमा गरिने यस्ता गतिविधिहरु सबै सनातन धर्म र संस्कृतिलाई खियाउने, तास्ने र विरुद्धमा जनमत तयार पार्ने खालका हुने गरेका गुनासाहरु सुनिन्छन् । सत्ताभन्दा बाहिर हुँदा निर्जन वनमा राष्द्रिय सार्वभौमिकता, जनजीविका र राजकीय सुशासनका पक्षमा भाषण गर्ने, जनमत तयार गर्ने राजनीतिक दलहरुको धार्मिक सवालमा स्पष्टता छैन र द्वैध चरित्र प्रदर्शन हुने गरेको आरोप पनि सुनिन्छन् । सत्ता र प्रतिपक्षी राजनीति पनि विचित्रको पाइन्छ ।

    सरकारका अंग, प्रत्यंगका क्षेत्रमा सुशासन स्थापनाका साथै संवैधानिक आयोगहरुको कार्यक्षेत्र तथा दायरा विस्तार एवम् पारदर्शी गतिविधिको पक्षमा गला सुक्ने गरी चिच्याउने प्रतिपक्षीहरु सत्तासीन हुनासाथ कसरी उन्मत्त हुन्छन् भन्ने उत्कृष्ट उदाहरण ओली प्रवृत्तिको सरकारी नेतृत्वले इतिहास कायम गरेको छ । संविधान बनाउने व्यवस्थापिकाले बनाएका ऐनकानूनलाई कार्यान्वयन नगरी ती कानूनहरु अध्यादेशबाट खारेज गरी कर्मचारी समायोजन अध्यादेशको जुन अलोकतान्त्रिक र असमावेशी निरंकूश चरित्रको खेल शुरु भयो, त्यसबाट सार्वजनिक प्रशासनमा सुशासन भन्ने कुरा दन्त्य कथा बनेको पंक्तिकारको दावी रह्दै आएको छ । राज्य तहबाट यस्ता गर्न नहुने काम कार्वाही तथा अनैतिक कामहरु त कति भए कति ? अनिवाइृ गर्नुपर्ने कामका लागि गरिएका अध्ययन, अनुसन्धानका प्रतिवेदनहरु सार्वजनिक नगरिएका र उपेक्षा गरिएका घटनावलीहरुको सूची बनाउने हो एक दुई पानामा अटाउन गाह्रो हुन्छ । यसरी सूक्ष्म समीक्षा गर्ने हो भने ओली जत्तिको मनमौजी शासक नेपालको प्रजातान्त्रिक इतिहासमा शायद कुनै जन्मिए होलान् ?

    सबै संवैधानिक हक अधिकार तथा काम कर्तव्य र दायित्वको स्पष्ट भूमिका पाएर सरकारको नेतृत्वमा पुगेर आफ्नै नेतृत्वको सरकार, पार्टी राजनीति तथा पार्टीगत राजनीतिक मूल्यमान्यतालाई एकसाथ सबै ध्वस्त पार्ने नायक पनि विश्वमा बिरलै पाइन्छन् होला ? राज्य प्रणाली, सरकारका गतिविधि र हिडाइको दिशा उल्टो भएको भनी देश दुनियाँलाई उपदेश छाट्ने तथा पार्टी अध्यक्षको विरुद्धमा खुला रुपमा चुनौती गर्ने समकक्षी र ठूलो पंक्तिका प्रभावशाली नेताहरुको असन्तुष्टिको सामना गर्ने पनि कम्युनिष्ट शासनमा केपी ओली नै संसारमा पहिला होलान् ? कम्युनिष्ट पार्टीको सबभन्दा ठूलो खतरा र रोगचाहिँ एनजिओ, आइएनजिओ र समानान्तर संस्थाहरु हुने भन्ने जान्दाजान्दै पनि मदनभण्डारीको नाममा देशव्यापी संगठनको नेतृत्व गर्ने पनि केपी ओली नै हुन्, शायद यस्तो छुट कम्युनिष्ट पार्टीमा संसारमा अन्यत्र बिरलै होला ? तर केपीलाई एमालेमा त्यो शक्ति र भूमिका निर्वाहमा छुट रह्यो ।

    फलत ः डलर, धन दौलत मात्र होइन वैदेशिक सम्बन्ध र चासोका विषयमा केपीको उच्च ध्यान जान थाल्यो र महाकाली सन्धिकालदेखि ओलीको पार्टी र राजनीतिमा वर्चस्व बढयो । पार्टीको प्रतिपक्षको बेन्चमा बसेर नेतृत्वलाई घण्टौँ प्रश्न गर्ने ठूलो पार्टीका नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका केपीले आफ्नै पार्टीका प्रतिपक्ष बेन्चमा पुगेका नेताहरुलाई मात्र होइन, विजय भएर आएका पदाधिकारीहरुलाई समेत पार्टीका विषयमा व्यापक छलफल र विचारको बहसको मौका नै दिएनन् । भाग्यले पार्टी अध्यक्ष, संसदीय दलको नेता, सरकारको नेतृत्वकर्ता, निर्णायक आफ्नै चल्ने अवस्था सिर्जना भएपछि नेकपा एमालेको अध्यक्ष मात्र भएर बस्नुपर्दा भविष्य सुनिश्चित देखेनन् र राजनीतिक महत्वाकांक्षामा जे जस्तो निर्णय पनि यथाशीघ्र गर्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रयोग गरी नेकपा एमाले र माओवादी केन्द्रको छापामार शैलीमा मोर्चा गठन गरी २०७४ को चुनावमा होमिए ।

    परिणाम झण्डै दुईतिहाइको राजनीतिक शक्ति र सत्ता प्राप्त गर्दै केपी ओली सत्तासीन भए । तर गुपचुप र छापामार शैलीमा दुई पार्टीका अध्यक्षहरुको भित्री नेताहरुको आन्तरिक सांठगाँठमा नेकपा घोषणा हुँदा देशका जनता र अन्य कम्युनिष्ट पार्टीहरुका नेताहरु मात्र होइन, दुईपार्टीका नेता, कार्यकर्ताहरु अचम्भित भएका थिए । दुईपार्टी एक हुनुको रहस्य दुईवर्ष पछि जब सार्वजनिक भयो, त्यसपछिका घटनावलीहरु आन्तरिक द्वन्द्व र झण्डै तीन वर्षको एकताको घैटौँ शत्रुतापूर्ण वातावरणमा फुट्यो

    फलत ः विगत सात महिनादेखि देश तथा विश्वका सिधासाधा जनताहरुलाई राजनीतिक रुपमा केपी ओली विरुद्ध भड्काउने, स्वर्णिम अवसर प्राप्त हुँदा खाँदाको नेकपाको सरकार, पछि नेकपा एमालेको सरकार, तेस्रो पटक संविधानलाई काल कोठरीमा बाँधेर पनि चुनावी सरकारमा अनियन्त्रित तरिकाले स्थापित मनमौजी सरकारी निर्णयबाट सत्तामा टिकिरहेको ओली सरकार सर्वोच्चको परमादेशबाट विस्थापित भएपछि प्रतिपक्षी राजनीतिक भूमिकामा सडकमा आएको छ । केपी ओली आफ्नो सरकारका उपलब्धि गनाउँदै एक डेढवर्षपछिको चुनावबाट एकसय बीस सिटमा प्रत्यक्ष चुनाव जित्ने तथा ५० लाख पार्टीमा जनमत खनाएर देशमा कम्युनिष्ट शासन दोहोराउने उदघोष गरिरहेका छन् । पार्टी एक ढिक्का रहेको र सढेगलेका विकृतिहरु मात्र चोइटिएर गएको भन्ने ओलीको बोलीमा लोली मिलाइरहेका छन् ।

    कम्युनिष्ट पार्टीले नचिन्नुपर्ने तर हकिकतमा मान्यतामा रहेको मदनभण्डारी फाउण्डेसनको सञ्जालको बलमा नेकपा एमाले कब्जा गरेका ओली सम्पूर्ण पार्टीको नेता बन्न सकेनन् भन्ने आरोपलाई व्यवहारमा खण्डन गर्न सकेनन् । मदनपत्नी राष्द्रपतिबाट ओलीका हरेक कदमलाई साथ मिलेपछि सरकार तथा पार्टी दुवै तहमा नेतृत्वको भूमिकामा शिर्षस्थ नेतृत्व ओलीबाट उपेक्षित हुन थाल्यो । ओलीले सानो गुटका मात्र नेता भएर राज्यको हैकम चलाउन थालेको आरोपमा उत्रिएका पार्टीभित्रका तेस्रो धारका नेताहरुलाई ओलीले कार्वाही गरेर ठिक पार्दै आफू महानायक भएको, राजनेता भएको, केपी बाको भूमिका रहेको, जयजयकारमा पुगेको उदघोष सरकारी सञ्चारमाध्यमबाट प्रसारित गर्न थाले ।

    पार्टीभित्रका प्रतिपक्षी नेताहरुले भने केपी ओलीले मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्ने नायकत्व छोडेको, महासामन्तहरुसंग नाता जोडेको, देश र जनतालाई बिचमा नै अलपत्र छोडेको भन्ने आरोप लगाएर २०७७ मंसीर यता सात महिना निरन्तर संघर्ष गरिरहे । उनीहरुको राजनीतिक निचोड थियो अब ओली देश र जनताका लागि शत्रु मोर्चामा पुगे । उनलाई सरकारी सत्ता र पार्टी सत्ताबाट च्यूत नगरी नेपालको कम्युनिष्ट आन्दोलन सुरक्षित छैन भनी चुनौती दिने पार्टीभित्रका तेस्रो धारका नेताहरुको विरोध भइरह्दा ओलीको ध्यान हिन्दूधर्मालम्बीको आस्था पशुपतिमा सुनको जलहरी चढाउने, चितवनको माडीमा राममन्दिर बनाउने जस्ता धार्मिक राजनीतिक पासामा मोडिएको छ । फलत ः ती देवताहरुको आशिर्वादले वर्षौदेखि कम्युनिष्ट विचार च्यूत देख्ने र केपीको विरोध गर्नेहरुको सैद्धान्तिक मति एकाएक दैवी शक्तिले परिवर्तन गरिदिएको हल्ला छ र नेकपाभित्र अब कुनै राजनीतिक संघर्ष छैन भन्ने सन्देश बाहिरिएको छ । माधव नेपाल र नेकपा एकीकृत समाजवादीका पछि लाग्नेहरु पद लोलुप र लालगद्दार पार्टीका नामका कलंक थिए भन्ने सन्देशलाई जोड पुग्ने गरी तेस्रो धार ओलीमा शरणागत भएको छ ।

    फलत ः विगत सात महिनादेखि देश तथा विश्वका सिधासाधा जनताहरुलाई राजनीतिक रुपमा केपी ओली विरुद्ध भड्काउने, स्वर्णिम अवसर प्राप्त हुँदा खाँदाको नेकपाको सरकार, पछि नेकपा एमालेको सरकार, तेस्रो पटक संविधानलाई काल कोठरीमा बाँधेर पनि चुनावी सरकारमा अनियन्त्रित तरिकाले स्थापित मनमौजी सरकारी निर्णयबाट सत्तामा टिकिरहेको ओली सरकार सर्वोच्चको परमादेशबाट विस्थापित भएपछि प्रतिपक्षी राजनीतिक भूमिकामा सडकमा आएको छ । केपी ओली आफ्नो सरकारका उपलब्धि गनाउँदै एक डेढवर्षपछिको चुनावबाट एकसय बीस सिटमा प्रत्यक्ष चुनाव जित्ने तथा ५० लाख पार्टीमा जनमत खनाएर देशमा कम्युनिष्ट शासन दोहोराउने उदघोष गरिरहेका छन् । पार्टी एक ढिक्का रहेको र सढेगलेका विकृतिहरु मात्र चोइटिएर गएको भन्ने ओलीको बोलीमा लोली मिलाइरहेका छन् ।

    तेस्रो धारका नेताहरुको दृष्टिमा भविष्यमा पनि नेपाली जनताले देखेका सपना पूरा गर्न ओलीले नै राज चलाउनुपर्ने ओलीको दावीलाई साथ दिइरहेका छन् । विपक्षीहरुले आफूसंग एक्लै सामना गर्न नसक्ने र गठबन्धनका सबै सत्ताका सपनाहरु चकनाचुर पारिदिने हैसियत एमालेले राख्ने उच्चस्वरमा दावी ओली गरिरहेका छन् । कम्युनिष्ट पार्टीमा आफूलाई उच्च हैसियतको दोस्रो दर्जाका नेतामा गनाउनेहरुले विगतको सात महिनाको विरोधलाई एकाएक छोडेर ओलीको शरणमा परेको घटनाले ओली प्रवृत्तिको राजनीतिको मनोबल बढेको छ । ती विरोधी नेताहरु मानसिक रुपमा बदलिएको र ओलीमा समाहित भएका राजनीतिक घटनाले नेपाल देवभूमि हो र आशुतोष भगवानको कृपा ओलीमाथि जलहरीले बढाएको स्पष्ट भन्न सकिन्छ । ओलीको रामभक्ति र शिवभक्तिको फल सत्ता, शक्ति र हैसियत खुस्किए पनि रातारात पार्टीभित्रका विद्रोही चेतका नेताहरुलाई (बुँख्याचा) मा रुपान्तरण गर्न सक्ने तागतको रामवाण कलियुगी भगवद्भक्तिको फल हो भन्दा न्याय होला । विरोधीहरुलाई भविष्यको लोभ र आशाको त्यान्द्रोमा बाँध्न सफल हुनु र जीवनलाई दर्शनहीन जमातमा परिणत गर्ने क्षमता भक्तमा खचाखच भरिदिनु, धन्य शिव तथा राम जीको आशिर्वाद भन्नै पर्दछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]

    अनलाइनमार्ग डेस्क

    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend