बलिउडमा रिमेक को ट्रेन्ड : यी चर्चित साउथ फिल्म जो हिन्दिमा बन्दै छ

  • Online Marga

    बिहिबार, असार १० २०७८
  • बलिउडमा रिमेक को ट्रेन्ड : यी चर्चित साउथ फिल्म जो हिन्दिमा बन्दै छ

    आहिले बलिउड मा साउथ फिल्म को रिमेक बनाऊनि ट्रेन्ड नै चलेको छ। ति मध्येको एक हो साउथको लोकप्रिय फिल्म अला वैकुंठपुरम यसको हिन्दि रिमेकमा कार्तिक आर्यनले काम गर्ने भएका छन्।

    अला वैकुंठपुरम चलचित्र २०१८  मा रिलीज भएको थियो जसमा अल्लू अर्जुन र पूजा हेगडेको  मुख्य भूमिका थियो । यस फिल्ममा कार्तिकका साथ कीर्ति सानन पनि रहने खबर आए को छ । अला वैकुंठपुरम बाहेक साउथ का थुप्रै हिट फिल्महरूका हिन्दी रीमेक फिल्महरू चाँडै रिलीज हुने भएको छ ।

    जर्सी: अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंह पछि शाहिद कपूर चाडैनै साउथको चर्चित फिल्म जर्सीमा देखा पर्नेछन्।  जर्सी एक तेलुगु फिल्म हो। जुन हिन्दिमा रिमेक हुन गइरहेको छ। जसमा मृणाल ठाकुर र पंकज कपूरले पनि महत्वपूर्ण भूमिका छ । फिल्मको कहानी एक असफल क्रिकेटरमा आधारित छ।  जर्सी गौतम तिन्नानुरीले निर्देशित गरिरहेका छन।

    जिगरठंडा: सोनचिडियाका निर्माता अनिल चौबे चाँडै नै साउथ फिल्म जिगरठंडा हिन्दी रीमेक बनाउन लागेका छन्ज।  समा कार्तिक आर्यन मुख्य भूमिकामा देख्न सकिन्छ। यसको काम भने सुरू भएको छैन।

    ध्रुवगल पाथीनरु: वरुण धवन चाँडै कार्तिक नरेन निर्देशित फिल्म ध्रुवगल पाथिनरु फिल्मको हिन्दी रीमेकमा काम गर्ने भएका छन् ।  फिल्ममा वरुण धवन एक सिपाहीको भूमिका खेल्ने छन् र परिणिति पनि फिल्मको मुख्य भूमिकामा काम गर्ने भएकी छिन् ।

    RX-100: सुनील शेट्टीको छोरा अहान शेट्टी चाँडै नै साउथको हिट फिल्म RX -100 बाट बलिउडमा डेब्यु गर्न लागेका छन्। यस फिल्ममा उनीसँग तारा सुतारिया मुख्य भूमिकामा देखिदै छिन् । यो फिल्म मिलन मुथरियाले  निर्देशित गर्दै छन् चलचित्रको हिन्दि नाम ताडप राखिएको छ जुन यस वर्ष रिलीज हुदै छ ।

    विक्रम वेधा: आर माधवन र विजय सेतुपति स्टारर फिल्म विक्रम वेधाको हिंदी रीमेकका लागि सैफ अली खान र रितिक रोशन फाइनल भइसकेका छन्। यो फिल्म पुलिस विक्रमको कथा हो जसले अपराधिक वेधालाई समाउन धेरै जोखिम मोल्छ ।

    कैथी: दृश्याम, सिंघम जस्ता फिल्म पछि अजय देवगन चाँडै कैथी फिल्मको हिंदी रीमेकमा काम गर्ने पक्का भएको छ । अजय देवगन आफैंले यो समाचार पुष्टि गरेका छन्। यो फिल्म जगन शक्तिले निर्देशित गर्दै छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    Online Marga


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend