विजयको जन्मदिन: फिल्म शुटिङ्ग हेर्न आएकी केटीसँग गरेका थिए विवाह !

  • Online Marga

    बिहिबार, असार १० २०७८
  • विजयको जन्मदिन: फिल्म शुटिङ्ग हेर्न आएकी केटीसँग गरेका थिए विवाह !

    धेरै कम मानिसहरूलाई थाहा छ कि बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्मको यात्रा विजयको फिल्म बाट शुरूगरेकी थिइन । प्रियंकाको पहिलो फिल्म थियो थामीझन एक तमिल  फिल्म हो । यो फिल्म २००२ मा रिलिज भएको थियो । यस बाहेक विजयले श्रीदेवीसँग पनि काम गरिसकेका छन् ।

    विजयले आफ्नो अभिनयका कारण धेरै पुरस्कारहरू पनि जितेका छन्। विजयको पत्नीको नाम संगीता हो। दुबैको बिहे २ अगस्ट १९९९ मा भएको थियो । विजय दुई बच्चाका बुबा हुन्। विजय र संगीताको प्रेम कथा धेरै रोचक रहेको छ । वास्तवमा, विजयले आफ्नै फ्यानसँग विवाह गरेका छन् । संगीता बेलायतमा बस्ने गर्थिन् र विजयको ठूलो फ्यान थिइन।

    विजय अभिनित फिल्म (Poove Unakkaga) १९९६ मा रिलीज भएको थियो। विजयले यस फिल्मबाट धेरै लोकप्रियता कमाएका थिए । यो उनको पहिलो फिल्म हो जुन देश मात्रै नभई विदेशमा बस्ने तमिल प्रशंसकहरु बीच वाहवाही पनि पाएका थिए । विजय सर्वाधिक तलब लिने तमिल अभिनेता मध्ये का एक हुन् ।

    विजय आफ्नो अर्को फिल्म चेन्नईको फिल्म सिटीमा शुटिङ्ग गर्दै थिए । शुट को ब्रेकको समयमा, एक केटी आईन र आफ्नो नाम संगीता बताई। ती केटीले विजयलाई उनको फिल्मका लागि बधाई दिएकी थिइन। बेलायतमा बसोबास गर्ने श्रीलंकाका एक तमिल उद्योगपतिकी छोरी संगीताको शैली विजयलाई मन पर्यो ।

    पछि ती दुबैले कुरा गर्न थाले। दुवैले एक अर्कालाई मनपराउन थाले। एक दिन विजयका बुबाले संगीतालाई उनको घरमा बोलाए र विवाहको प्रस्ताव राखे। संगीता पनि राजी भए र २५ अगस्ट १९९९ मा, विजयले संगीतासँग विवाह गरे । जबकि विजय इसाई र संगीता हिन्दु धर्मकि हुन्।विजय संगीतासंग हिन्दू रीतिथिति अनुसार विवाह गरेका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    Online Marga


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend