स्वस्थ डाइटिङ कसरी गर्ने ?

  • अनलाइनमार्ग डेस्क

    सोमबार, साउन २५ २०७८
  • स्वस्थ डाइटिङ कसरी गर्ने ?

    काठमाडौं– डाइटिङ अर्थात् शरीरलाई आवश्यक पर्ने मात्रामा मात्रै खाद्य पदार्थ लिनु स्वास्थ्यका दृष्टिकोणले निकै राम्रो मानिन्छ । तौल व्यवस्थापन गर्न डाइटिङ अर्थात् खानाको मात्रा घटाउनु उपयुक्त विधि पनि हो। खासगरी सहरी क्षेत्रमा खानाको मात्रा घटाउने वा केही समय नखाएर डाइटिङ गर्ने ट्रेन्ड छ ।

    अधिकांशमा खाना नखाएर वा व्रत बसेर तौल व्यवस्थापन गर्न सकिन्छ । भन्ने विश्वास पनि छ । पछिल्लो समय सहरी क्षेत्रमा इन्टरमिटेन्ट फास्टिङुको प्रचलन बढ्दै गएको छ । यो ट्रेन्ड जापानबाट सुरु भएको हो । जापानमा मोटोपना रोक्न फास्टिङ अर्थात् केही समय भोकै बस्ने चलन छ। जनस्वास्थ्यविद् अरुणा उप्रेतीका अनुसार यो चलन हाम्रो परम्परागत व्रत बस्ने चलनजस्तै हो । तर, यसमा विभिन्न विधि अपनाउने गरिन्छ ।

    पहिलो विधि दैनिक दुईपटक आठ–आठ घन्टामा मात्र खाना खाने, दोस्रो २४ घन्टाको व्रत अर्थात् बिहान ८ बजे खाना खाएपछि अर्को दिन ८ बजे मात्रै खाने गरिन्छ । यस्तै साताको । दुई दिन थोरै क्यालोरीयुक्त र बाँकी दिन सामान्य खाना खाने चलन पनि छ । यो विधि नियमित अपनाउँदा ।। बिस्तारै क्यालोरी खपत हुन्छ । पोषणविद् उप्रेती भन्छिन्, फास्टिङबारे प्रत्येक व्यक्तिमा फरकफरक धारणा रहेको छ। शरीर फिट राख्न चाहनेका लागि यस्ता अवधारणा बढी लोकप्रिय छन् ।

    फास्टिङ आवश्यक चिकित्सकहरूका अनुसार, व्रत बस्दा अर्थात फास्टिडले शरीरका कोषहरू भोकाउँछन् र भोकाएका कोषहरूले शरीरका हानिकारण कोषहरूलाई नष्ट गर्छन् । योसँगै फास्टिङ गर्दा क्यालोरी कम खाइन्छ, जसले तौल नियन्त्रणमा सहयोग पुयाउँछ। तर, स्वास्थ्य अवस्था कमजोर भएका वा कुनै स्वास्थ्य समस्याको उपचार गरिरहेका व्यक्तिका लागि फास्टिङ फाइदाजनक हैदैन । तर, तौल व्यवस्थापनका लागि अनावश्यक रूपमा डाइट गर्ने र डाइटिङप्रतिको गलत अवधारणाले आम स्वास्थ्यमा असर पनि परिरहेको पोषणविद् कविता महर्जनको भनाइ छ।

    नेपाल क्यान्सर अस्पतालमा कार्यरत पोषणविद् मर्हजन भन्छिन्, अधिकांशमा कम खाना खाएर वा एक दिनभरि भोको बसेर तौल व्यवस्थापन गर्न सकिन्छ भन्ने धारणा छ। यस्तै दिनभर व्रत बसेर बेलुका टन्न खाना खाने चलन पनि छ । जसले तौल घट्नुको सट्टा झनै बढेर जान्छ। खानाको मात्रा एक्कासि कम गर्दा शरीरलाई चाहिने आवश्यक मात्रा कम भएर प्रतिकूल असरसमेत परिरहेको हुन्छ ।

    साथै नियमित खानामा शरीरलाई चाहिने आवश्यक सप्लिमेन्टहरू समावेश गरिएको हुँदैन । योसँगै फास्टिङ गर्दा शरीरमा क्यालोरीको मात्रा कम भए पनि आवश्यक प्रोटिनको कमी हुन जान्छ। दिनभरि केही नखाएर बस्नु मात्रै डाइटिङ नभएको उनको भनाइ छ। डाइट व्यवस्थापन अधिकांश डाइट प्लान तौल व्यवस्थापनमा सीमित हुन्छन् । सहरी क्षेत्रका वयस्कहरूमा तौल व्यवस्थापन चुनौतीको विषय बन्ने गरेको छ।

    व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायाम र शरीरिक परिश्रमको अभावका कारण अधिकांशको रोजाइमा डाइटिङ पर्ने गर्छ । तर, कतिपय अवस्थामा अस्वस्थ डाइटिडले स्वास्थ्य समस्या पनि निम्त्याइरहेको छ। दीर्घ रोग वा उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, स्ट्रोक, हृदयाघात आदि नियन्त्रणका लागि पनि डाइटिङ गर्न सकिन्छ । स्वस्थ डाइटिङका लागि स्वास्थ्य अवस्थाको आधारमा खाना खाने समय र खानामा समावेश गरिने खाद्यवस्तुमा ध्यान दिनुपर्ने हुन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend