निर्वाचन नजिकिएका बेला महराले पाए नयाँ जिम्मेवारी, पुरै सक्रिय भएपछि एमालेमा तरंग !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, साउन २४ २०७८
  • निर्वाचन नजिकिएका बेला महराले पाए नयाँ जिम्मेवारी, पुरै सक्रिय भएपछि एमालेमा तरंग !

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य कृष्णबहादुर महरालाई नयाँ जिम्मेवारी दिएका छन् । नेकपा एमाले रोजेका माओवादी केन्द्रका पूर्व नेताहरुलाई माओवादीमै फर्काउन प्रचण्डले जिम्मेवारी दिएका हुन् ।

    माओवादीका प्रभावशाली नेताहरु रामबहादुर थापा ,लेखराज भट्ट, टोपबहादुर रायमाझी , प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरु एमालेमै बसेका थिए । त्यसमध्ये रामबहादुर थापाले एमालेबाटै वागमती प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।

    आफ्ना विश्वासपात्र मानिएका नेताहरुले नै साथ छोडेपछि प्रचण्ड उनीहरुलाई माओवादीमा फर्काउने कसरतमा लागेका हुन् । माओवादीबाट प्रभावशाली नेताहरुले नै पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि नेताहरुलाई पुनः पार्टीमा फर्काउने रणनीतिमा दाहाल लागेका छन् ।

    स्रोतका अनुसार महराले माओवादीका पूर्व नेताहरुसंग एक चरण छलफल गरिसकेका छन् । महराले नेताहरुलाई सम्पर्क गरेर पार्टीमा फर्काउने कोशिस गरेको बताइएपनि एमालेमा बसेका नेताहरु भने माओवादीमा नर्फकिने बताउँछन् ।

    नेपाल कम्युनिष्ट पार्टी खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेतिर लाग्दा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको छ । त्यसपछि उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै निर्वाचन आयोग गएका थिए । आयोगले माओवादी वैधानिक रहेकाले खारेज गर्नु नपर्ने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रका अध्यक्ष दाहाले भने विगतका सबै गल्ति भुलेर उनीहरुलाई पार्टीमा स्वागत गर्न तयार रहेको सन्देश महरामार्फत दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा प्रचण्डले पूर्व माओवादीलाई एकतावद्ध बनाउन पहल सुरु गरेको स्रोतले बतायो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend