माओवादीका यी नेतामाथि लाग्यो ओलीसँग साठगाँठ गरेको आरोप, कारवाहीको भागेदार बनाउने तयारी !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, साउन २४ २०७८
  • माओवादीका यी नेतामाथि लाग्यो ओलीसँग साठगाँठ गरेको आरोप,  कारवाहीको भागेदार बनाउने तयारी !

    माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित नेताले एमाले ओली पक्षसँग साठगाँठ गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । माओवादी केन्द्रको मोरङ जिल्लाका एक मेयरले एमाले ओली पक्षको समर्थन गरेको आरोप लगाउँदै माओवादी केन्द्रको मोरङ जिल्ला कमिटीले रंगेलीका नगर प्रमुखमाथि कारवाहीको डण्डा चलाउने तयारी गरेको हो ।

    माओवादी केन्द्रबाट मोरङ रंगेली नगर प्रमुखमा निर्वाचित दिलिप बगडियालाई सो पार्टीको जिल्ला कमिटीले स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हितविपरित काम गरेको ठहर गर्दै माओवादी केन्द्रको मोरङ जिल्ला कमिटीले उनलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्णय गरेको हो।

    रंगेली नगर पार्टीका इन्चार्जसमेत रहेका नगर प्रमुख बगडियाले स्पष्टिकरण दिने तयारीसमेत गरेका छन् । बगडियालाई पार्टी सचिवालय सदस्य भएर पार्टी हित विपरीत गतिविधि गरेको ठहर गरेको, तीन जना वडाध्यक्षलाई एमाले ओली समूहमा प्रवेश गराएको, कतिपय पार्टी कार्यकर्तालाई एमालेमा प्रवेश गर्न दबाब दिएको र पार्टीको निर्देशन नमानी सम्पर्कमा नआएको भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ।

    बगडियासँगै माओवादीका तर्फबाट निर्वाचित रंगेलीका तीन जना वडाअध्यक्षलाई पनि तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। तीन जना वडाध्यक्षमा रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल छन्।

    तर, प्रमुख बगडियाले आफू पार्टी हितविपरीत कुनै काम नगरेको दाबी गरेका छन्। बगडियाले आफू जनताको काम गरिरहेको पनि बताए। आफू काम विशेषले पार्टीको बैठकमा उपस्थिति हुन नसकेको बताउँदै उनले पार्टीको सम्पर्कमै रहेको र निर्वाचित मेयर भएको कारण जनताको काममै रहेको पनि बताए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend