सभामुख भइसकेका महराले मन्त्री बन्न मरिहत्ते गरेपछि माओवादीमा रडाको, प्रवक्ता श्रेष्ठ पनि मैदानमा !

  • अनलाइनमार्ग डेस्क

    सोमबार, साउन १८ २०७८
  • सभामुख भइसकेका महराले मन्त्री बन्न मरिहत्ते गरेपछि माओवादीमा रडाको, प्रवक्ता श्रेष्ठ पनि मैदानमा !

    प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल विस्तारको तयारीकाबीच नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेले तछाडमछाड गरेका छन् । पूर्व सभामुख कृष्णवहादुर महराले मन्त्री बन्नका लागि लविगं गरिरहेका छन् ।

    मन्त्री छान्नका लागि माओवादी स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादीले बढीमा ७ मन्त्रालय पाउने र त्यसमा स्थायी कमिटीकै नेताहरुको प्रतिस्पर्धा भएपछि प्रचण्ड सकसमा परेका छन् ।

    यस्तै, माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ र महराले उपप्रधानमन्त्रीसहित सरकारम जान खोजेपछि माओवादीमा रडाको मच्चिएको छ । श्रेष्ठ र महरालाई रोक्न प्रचण्डमाथि दबाब छ । महरा सभामुखसहित ५ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् । उनी अब प्रधानमन्त्री हुनमात्र बाँकी छ ।

    माओवादी स्थायी कमिटीमा रहेका सांसदमध्ये देवेन्द्र पौडेलमात्र एक पटक पनि मन्त्री बन्न नपाएका नेता हुन् । यसपटक उनलाई मन्त्री बनाउन प्रचण्ड सकारात्मक छन् ।

    गठबन्धनभित्र उपप्रधानमन्त्री नै नराख्नेबारे पनि छलफल भइरहेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सजिलोका लागि पनि उपप्रधानमन्त्री नराख्दा सिनियर नेतालाई सरकारमा लैजान नपर्ने भएकाले यसबारे छलफल भएको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend