देउवा सरकारकी यी मन्त्रीले सार्वजनिक रुपमै अघि सारिन् सबैलाई अचम्मित पार्ने यस्तो प्रस्ताव, होला त सम्बोधन ?

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, पुष ३० २०७८
  • देउवा सरकारकी यी मन्त्रीले सार्वजनिक रुपमै अघि सारिन् सबैलाई अचम्मित पार्ने यस्तो प्रस्ताव, होला त सम्बोधन ?

    ललितपुर — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सबैलाई अचम्मित पार्ने प्रस्ताव अघि सारेकी छन् । श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी हुन् ।

    साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी हुन् ।

    कोशका प्रा. नीलमणि ढुङ्गानाद्वारा तयार पारिएको हो । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ शताब्दी पुरुष सत्यमोहन जोशीसमेत उपस्थित समारोहमा मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

    नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पनामात्र गर्न नहुनेसमेत उनले बताइन् । उक्त शब्दकोशबारे चर्चा गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कोशमा सिंगो नेपाली समाज, वैदिक परम्परा, वर्तमान परिवेशलाई समेटको बताए । इतिहासविद् प्रा. दिनेशराज पन्तले संस्कृत वाङ्मय र नेपाली वाङ्मयको भेदलाई शब्दकोशले प्रष्ट पारेको बताए ।

    त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समयदेखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् ।

    त्यसैगरी ‘साझा बालसाहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा।डा। कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

    दुवै पुरस्कारको राशि जनही १५–१५ हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार रुपैयाँ राशिको ‘गरिमा सम्मान’ बद्री भिखारी, अभय श्रेष्ठ, उषा शेरचन र प्रा. राजेन्द्र सुवेदी (मरणोपरान्त) लाई प्रदान गरिएको छ ।

    सम्मानितमध्ये कवि अभय श्रेष्ठले ‘साझा प्रकाशन धरासाही भएकाले पुनःजीवन पाउनु पर्छ’ भन्दै पुरस्कार राशि साझाका अध्यक्ष डा। विजय सुब्बालाई फिर्ता गरे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend