यती बाट फ्लाइट बुकिङ गरी खल्ती मार्फत भुक्तानी गर्दा रु. ४५० क्यासब्याक

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, पुष ३० २०७८
  • यती बाट फ्लाइट बुकिङ गरी खल्ती मार्फत भुक्तानी गर्दा रु. ४५० क्यासब्याक

    नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।

    यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।

    फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछ:

    १) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस् वा https://www.yetiairlines.com/ मा जानुहोस् ।
    २) Origin, Destination, Departure date, Nationality, र Number of adults/children खोजि छनौट गर्नुहोस् |
    २) आफुलाई चाहिने टिकट छनौट गरेर “Continue” मा ट्याप गर्नुहोस्।
    ३) सम्पूर्ण विवरण भर्नुहोस् र “Next” मा ट्याप गर्नुहोस्।
    ४) Khalti छनौट गरी भुक्तानी गर्नुहोस्।

    फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend