सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुरमा बुद्धिजम र दिगो विकासको पढाई सञ्चालन हुने

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, पुष ३० २०७८
  • सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुरमा बुद्धिजम र दिगो विकासको पढाई सञ्चालन हुने

    काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चोभार गेटमा सञ्चालन हुने भएको छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक यही माघ २०७८ माघ १५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास Master in Buddhism and Sustainable Development  कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् ।

    कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको संयुक्त सहयोग रहेको यस क्याम्पसमा कुनै पनि विषयमा स्नातक तह उतीर्ण विद्यार्थी भएका विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट https://apply.lbu.edu.np/programs/apply मा उल्लेख भएअनुसार तथा क्याम्पसको मुख्य कार्यालयमा सम्पर्क राखी आवेदन सकिने छ ।

    अहिलेको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विश्वविद्यालयस्तरको उच्च शिक्षा अध्ययन(अनुसन्धानमा बढी माग भै आएको र विश्वको एक मात्र साझा एजेन्डा(दिगो विकासको लक्ष्यमा पुग्न सहयोग हुने ज्ञान र बिज्ञानको संयोग भएको यो विषय योग्य र अनुभवी प्राध्यापकज्युहरुबाट अध्यापन गराइने नयां Multidisciplinary बिषयमाMasterस्नातकोत्तर तहमा अध्ययन गर्न सकिने छ ।

    सुलक्षण कीर्ति क्याम्पस सहायक क्याम्पस प्रमुख दामोदर त्रिपाठीले पुनः तथा आशिंक छात्रवृतिको व्यवस्था भएको जनाए । यस विषयको अध्ययन पश्चात विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरूमा विकास विज्ञ एवम् नीति निर्माताका रूपमा अवसर प्राप्त हुने भएकाले यर्थाशिघ्र आवेदन दिन अनुरोध गरेका छन् ।

    साँझ चार बजेदेखि सात बजेसम्म कक्षा सञ्चालन हुने भएको छ । थप जानकारीका लागि क्याम्पसको केन्द्रीय कार्यालय फोन नं।स् ०१–५९०१६८७ सम्पर्क मो।नं।ः ९८४१५४९९५१, ९८४१३३३९११, ९८५६०००२८८, ९८४१९७१९३६ सुलक्षण कीर्ति क्याम्पस, सुलक्षण कीर्ति बिहार, चोभार–६, कीर्तिपुरमा सम्पर्क राख्न सकिन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend