बल्ल जुर्यो प्रदेश २ को नाम !

  • अनलाइनमार्ग डेस्क

    बुधबार, पुष २८ २०७८
  • बल्ल जुर्यो प्रदेश २ को नाम !

    प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नाम जुराएका छन् । साहले नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका हुन् ।

    बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् । उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे ।

    चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा आयोजित कम्बल वितरण कार्यक्रममा मन्त्री साहले प्रदेशवासीलाई मौसमी विपद्बाट हुने समस्या र पीडा समाधानका लागि प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

    सो अवसरमा पाँच सय गरिब तथा निमुखा विपन्न वर्गका परिवारलाई न्यानो कम्बल वितरण गरेको थियो । स्थानीय असहाय, गरिब, विपन्न वर्गका परिवारलाई चिसोबाट बचाउन कम्बल वितरण गर्न सहजीकरण गरिएको जनकपुरधाम उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकीराम साहले बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend