सिंगै देशको ध्यान मोड्ने काण्डका मान्छे छुटे

  • अनलाइनमार्ग डेस्क

    बुधबार, पुष २८ २०७८
  • सिंगै देशको ध्यान मोड्ने काण्डका मान्छे छुटे

    काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी छुटेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता गरिदिएपछि सुवेदीका पति र पत्नी छुटेका हुन् ।

    मंगलबार सुवेदी दम्पत्तिलाई सीआईबीले आफन्तको जिम्मा लगाएर छाडेको छ । सुवेदीलाई सीआईबीले उनकी श्रीमती माधवी सुवेदीसहित पक्राउ गरेको थियो । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् ।

    सरकारी वकिल कार्यालयको निर्देशनमा खोजेको समयमा उपस्थित हुने गरी सुवेदीका पति र पत्नीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन् ।

    बालुवाटार जग्गा काण्डमा मुछिएका बिचौलिया शोभाकान्त ढकाल जेलमा छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend