किसानबाटै लखेटिए कृषिमन्त्री यादव !

  • अनलाइनमार्ग डेस्क

    बुधबार, पुष २८ २०७८
  • किसानबाटै लखेटिए कृषिमन्त्री यादव !

    काठमाडौं – बिउबिजन, मलखाद तथा किसानहरुलाई शुबिधाको माग गर्दै तराई–मधेशका किसान बिगत २ सातादेखी आन्दोलनरत छन् । किसानी गर्नेबेला मलको अभावका कारण कृषि उत्पादनमा प्रभाव परेको भन्दै किसानहरुले सरकारसंग सरल तरिकाले मलखाद्दको व्यवस्था गर्न भनिरहेका हुन् ।

    किसानलाई साँथ दिदै जनमत पार्टीले समेत त्यसमा बल पुर्याको छ । जनमतले विभिन्न १२ वटा माग राखि आन्दोलन गरिरहेको छ । जनमतको आन्दोलनमा प्रहरीले दमन गरेपछी पार्टीले संघीय सरकारका मन्त्री सहभागि हरेका कार्यक्रममा अवरोध खडा गर्ने धम्की समेत दिईसकेको छ ।

    जनमतको धम्कीपछि संघीय सरकारका मन्त्रीहरु समेत भयभित भएको देखिन्छ । उनिहरुले तराई–मधेशको जिल्लाहरुमा कार्यक्रम गर्न समेत छोडेका छन् ।

    आन्दोलनको मुख्य तगारोमा कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव छन् । स्वयम किसान भएर समेत किसान आन्दोलनमा उठेको माग सम्बोधन गर्न तदारुकता नदेखाएको भन्दै आनदोलकारीहरुले उनलाई टार्गेट बनाएका हुन् ।

    उनै कृषिमन्त्री यादव सोमबार किसानबाटै लखेटिएका छन् । जनता समाजवादी पार्टीका नेता तथा पुर्वमन्त्री ईस्तियाक राईले बाँके जिल्लामा शुरु गरेका दाना उधोगको उदघाटन गर्न नेपालजञ्ज पुगेका यादवलाई त्यहाँका किसानहरुले लखेटेको जनमत पाटीैले जनाएको छ ।

    गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव कार्यक्रममा सहभागि भईरहकै बेला किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु गरेपछीे कार्यक्रम बीचमै छोडेर उनि काठमाडौं फर्केका थिए ।

    कार्यक्रममा तनाव उत्पन्न हुने भाव पाएर मन्त्री यादव नेपाल प्रहरी र सशस्त्र प्रहरीको शुरक्षा घेरामा कार्यक्रम स्थलको पछाडीको ढोका बाट भागेको किसानहरुले बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend