गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट हात झिकेका धुर्मुससुन्तली अब चाहि ढुक्क, प्रचण्डलाई तनाव हुनेगरी प्रचण्डपुत्री रेणुले चालिन् बोल्ड कदम !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, पुष २५ २०७८
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट हात झिकेका धुर्मुससुन्तली अब चाहि ढुक्क, प्रचण्डलाई तनाव हुनेगरी प्रचण्डपुत्री रेणुले चालिन् बोल्ड कदम !

    काठमाडौं, पुस २५ । धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ ।

    फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गर्ने महानगर प्रमुख रेणु दाहालले बताएकी छन् ।

    धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरूपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगर रंगशालाको स्वामित्व लिने अघि बढेको उनको भनाइ छ ।

    सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने उनले बताइन् ।

    ‘रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग जुटाएर सहयोग गरेको हो । महायज्ञ लगाएर १७–१८ करोड पनि जुटेको हो । चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् ।

    तर, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुन सहयोगको आशा गरिएको थियो, त्यो जुट्न सकेन । फाउन्डेसनले पनि आर्थिक अभावकै कारण देखाएर सकिनँ भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ दाहालले पत्रकारहरूको कुराकानीमा भनिन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend