राजेशपायल राईको घाटी न्याक्ने व्यक्तीको पहिचान खुल्यो

  • अनलाइनमार्ग डेस्क

    आइतबार, पुष १८ २०७८
  • राजेशपायल राईको घाटी न्याक्ने व्यक्तीको पहिचान खुल्यो

    काठमाडौ । नेपालका चर्चित गायक राजेशपायल राईमाथि हातपात गर्ने व्यक्तिको पहिचान खुलेको छ । अघिल्लो दिन अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा राईमाथि पछाडीबाट अंगालो हालेर लडाउन खोज्ने व्यक्ति दावा शेर्पा रहेको रहस्य खुलेको हो ।

    अमेरिका निवासी विजय चाम्लीङ नाम गरेका एक नेपालीले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गर्दै संलग्नको पहिचान खुलाएका हुन् । उनको पोस्टमा उल्लेख भए अनुसार राजेशपायलमाथि आक्रमण गर्न स्टेजसम्म पुग्ने व्यक्ति शेर्पा हुन् ।

    कलाकारप्रति मन पर्नु या नपर्नु बिचार आफ्नो निजी अधिकार भएपनि सांघातिक रुपमा जाईलाग्नु गलत भएको उनले पोस्टमा बताएका छन् । त्यस्तै घटना भइरहेको सम्बेदनशील समय भिडियो मात्र बनाएर टुलुटुलु हेरेर मात्र बस्ने दर्शकहरुप्रति पनि उनले गुनासो पोखेका छन् ।

    ‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि‘’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

    ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश फुत्किन खोजे । त्यसपछि ती युवकले उनलाई घाँटीमै न्याकेर लछार्न खोजेको खोजेको भिडिओमा देखिन्छ ।

    दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, जबरजस्ती नै गरेपछि हल्लाखल्ला भयो ।

    त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा कैद भएको छैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि कुटपिट भने गरेका थिएनन् । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकाले ।

    उक्त अप्रत्याशित हमलापछि पनि कार्यक्रम विथोलिएन । राजेशपायलले आफूलाई सम्हाल्दै निरन्तर २ घन्टा गीत गाएका थिए । बीचबीचमा हँसिमजाक समेत गरेका थिए । ‘भाइरलका लागि यस्तो हुन्छ यार’ भन्दै उनले फेरि ‘अञ्जानैमा भुल भयो कि‘’ लाई निरन्तरता दिए । तनावका कारण गीत गाउँदै गर्दा एकपटक उनले ‘लिरिक्स’ भुलेका थिए ।

    गीत टुंग्याइसकेपछि राजेशले घटनाबारे आफ्नो भनाइ राखे । राईले यस्तो भनेका थिए ? थ्यांक्यू..केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वालामुखी पनि निल्छु, पचाउँछुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।

    राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।

    आज नयाँ वर्षको दिन, सबै रिसरागहरू डिलिट होउन् । तपाईंहरूले चाहेको पूरा होस् । पैसा त आज कमाइन्छ, भोलि हुँदैन । तर, यो जुन माया(प्रेम छ । त्यो भोलि पनि रहन्छ । मलाई केही छैन । टिकटकमा भाइरल हुनका लागि त्यस्तो गर्नुभएको होला । पछि सोचेर आफैं आत्महत्या गर्नुहुन्छ जस्तो लाग्छ ।

    कार्यक्रमका आयोजकहरूले भने यो घटनालाई सामान्य मानेका छन् । राजेशपायललाई दुर्व्यवहार गर्ने व्यक्ति उनकै ‘डाइहार्ड फ्यान’ भएको र अंकमाल गर्न मात्र खोजेको उनीहरूको प्रतिक्रिया छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend