अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा राजा बन्नुपर्ने अवस्था आयो !

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, पुष १५ २०७८
  • अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा राजा बन्नुपर्ने अवस्था आयो !

    जनताहरुलाई भेट नै नदिने राजा ज्ञानेन्द्र शाह परिवारहरु मात्र चाहियो किन ? राजापरिवारहरुका सदस्यहरु सँग भेट गर्न खोज्ने नागरिकहरुलाई दर्शन भेट नै नदिने राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाह चाहियो किन ?

    वास्तविक रूपमा राजावादीहरुलाई राजसंस्था चाहिएको हो । राजा जोसुकै लाई पनि मान्न सकिन्छ । जब राजा ज्ञानेन्द्र शाह परिवारहरुलाई नेपाली नागरिकहरु चाहिदैन भने नागरिक हरु पनि राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहको लागी चाकरी, मरिहत्ते र मरिमेटनु किन ?

    जनताहरु नै जनार्दन भएकोले मुलुकमा जनताहरुले चाहेनन भने राजा ज्ञानेन्द्र शाह परिवारहरु राजसंस्थाको रूपमा स्थापित हुन कसरी सक्छन भन्ने कुराहरूलाई राजा ज्ञानेन्द्र शाह परिवारहरुले बुझ्न सकेनन । थपडी वा ताली दुई हातले बज्छ भन्ने कुराहरूलाई राजा ज्ञानेन्द्र शाह परिवारहरुले आत्मसात र मनन गरि बुझ्नुपर्ने हो तर आजसम्म पनि बुझेनन ।

    मुलुकमा राजसंस्था चाहिएको हो यसकारण अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा राजा बन्नुपर्ने हो । प्रधानसेनापति प्रभुराम शर्मा राजा बन्नुपर्ने हो । प्रधानसेनापति रुक्मांगद कटवाल राजा बन्नुपर्ने हो । प्रधानसेनापति राजेन्द्र क्षेत्री राजा बन्नुपर्ने हो ।

    प्रधानसेनापति छत्रमान सिंह राजा बन्नुपर्ने हो । प्रधानसेनापति गौरव शमशेर राणा राजा बन्नुपर्ने हो र जर्नेल प्रेम सिंह बस्न्यात राजा बन्नुपर्ने हो । तर राजा बन्न र राजसंस्था टिकाउन आँट, हिम्मत, साहस र कुटनीतिक क्षमता आवश्यक छ ।

    -स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend