नेपाली क्रिकेट संकटमा

ज्ञानेन्द्र मल्लले किन गरे ब्याट र बल नै छाड्ने कुरा ?

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, पुष २ २०७८
  • ज्ञानेन्द्र मल्लले किन गरे ब्याट र बल नै छाड्ने कुरा ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले संघको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए । उनको चेतावनी राजनीतिले क्यानलाई सास फेर्न नसक्ने अबस्थामा पुर्याएका चतुर चन्द लक्षित थियो ।

    नेपालको हरेक क्षेत्र राजनीतिले ग्रस्त छ । राजनीतिले ध्वस्त पारेको क्षेत्रमध्ये नेपाल क्यान एउटा उदाहरण मात्र हो । नेपाल क्रिकेट संघ क्यानमा काँग्रेसका जिल्ला सभापति समेत बनेका चतुर चन्दको खुलेआम राजनीति चल्छ । स्रोतले अनलाईनमार्गलाई दिएको जानकारीअनुसार उनी खेलाडीहरुलाई धम्क्याउन र अनाबश्यक दबाब बेलाबेला दिइरहन्छ । काँग्रेसमा लामो समय राजनीति गरेका काँग्रेसका नेता चतुर चन्दका कारण नेपालको क्रिकेट सास फेर्न नसक्ने अबस्थामा पुगेको छ । क्यानभित्र उनले जे भन्यो त्यही चल्छ । खेलाडीले क्यानसँग कुनै गुनासो समेत राख्न नपाउने गरि काँग्रेसका नेता एबंम क्यान अध्यक्ष चतुर चन्दले पञ्चायती ब्यबस्था लाद्न खोजेका छन् जसका ज्वारभाटाहरु अहिले निस्किन थालेका छन् ।

    आज आयोजित पत्रकार सम्मेलनमा मल्लले प्रश्न गरे, ‘हामीले आजसम्म गरेका समर्पणको सम्मान यही हो ? ’संवादमा गएर क्यानले समस्याको निकास निकाल्नुपर्ने मल्लले बताए ।हाम्रो फोकस भनेको उहाँहरूले संवादमा बोलाउनुपर्छ भन्ने नै हो,’ भन्दै पूर्बकप्तान ज्ञानेन्द्र मल्लले गम्भीर प्रश्न गरेका छन् ।

    राजनीतिमा गरिने क्रियाकलाप अहिले चतुर चन्द शक्तिमा भएका बेला समेत देखाउन थालेका हुन् । चतुर चन्द काँग्रेसको महाधिबेशनमा जिल्ला सभापति जितेपछि उनको चर्तुर्याइ बढेको र चतुर बहादुर चन्दले बेलाबेला क्रिकेटमा खेलकुद भन्दा पावरको भरमा खेलाडी चयन गर्ने, गुनासो सुन्नै नचाहने मानिस भएको भन्दै खेलाडीहरुले आरोप लगाउदैँ आएका छन् ।

    क्यान अध्यक्ष समेत रहेका चन्द भर्खरै सम्पन्न काँग्रेस महाधिबेशनमा बैतडीबाट सभापति पदमा चयन भएका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend