प्रिज्माले सागर लम्साल बलेलाई फेरि प्रेम गर्न थालेपछि…

  • अनलाइनमार्ग डेस्क

    आइतबार, मंसिर २६ २०७८
  • प्रिज्माले सागर लम्साल बलेलाई फेरि प्रेम गर्न थालेपछि…

    मोडल प्रिज्मा खतिवडाले मोडल तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ सँग फेरि प्रेम गर्न थालेको चर्चा चल्न थालेको छ ।

    प्रिज्माले बलेसँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले माफी मागेकी हुन् । प्रिज्माको अभिव्यक्तीपछि सामाजिक सञ्जालमा प्रिज्माले सागरले फेरि गर्न थालेको भन्दै टिप्पणी हुन थालेको छ ।

    राजधानीमा आयोजित ‘छलछल’ गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले माफी सागरसँग मागेकी हुन् । ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् ।

    दर्शकले म रोएको र रुनुको कारण सागर लम्सालसँगको प्रेम बुझनु भएको कारण सागर सारलाई गाली दिनुभएको छ’ प्रिज्माले भनिन्, ‘दर्शकको बुझाइमा केही गलत रह्यो ।

    त्यो समय ब्रेकअपका कारण अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । उ त अन्तवार्तामा भाबुक भएर रोएकी हो ।’

    ‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले अगाडि थपिन्, ‘ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गाली खानुपरेको छ ।’

    प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गाली गर्नु गलत भएको उनको भनाई रहेको छ ।

    प्रिज्मा हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी हुन् । यी दुवैको प्रेमको चर्चा मनोरञ्जन क्षेत्र नलुकेको बिषय हो । विवाहको बिषयमा कुरो नमिल्दा यी दुबैको प्रेममा तिक्तता आएका बताइन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend