अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले मारे बाजी !

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, मंसिर १४ २०७८
  • अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले मारे बाजी !

    केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले केन्द्रीय सदस्यमा बाजी मारेका छन् । उनलाई केन्द्रीय सदस्य बनाइएपनि रावल मैदानमा उत्रिएका छन् । नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।

    आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले उनले आफू केन्द्रीय सदस्यको उम्मेद्वार नभएको बताए। ‘सदस्यमा मेरो उम्मेद्वारी नै होइन, उहाँहरुले मेरो नाम सदस्यमा पनि राखिदिनुभएको रहेछ,’ मतदान गरेपछि बाहिर निस्किएका नेता रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।’

    उनले यदि आफूले अध्यक्षमा चुनाव हारेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए। उनले मध्यरातमा निर्वाचन गर्नु गलत भएकोसमेत प्रतिक्रिया दिए। आफूले कुरेर बरू बिहानैं चुनाव गरौं भनेर सुझाव दिए पनि रातारात निर्वाचन गर्नु व्यवस्थापनको कमजोरी भएको उनले बताए।

    सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा गलत काम भएको उनले आरोप लगाए। सर्वसम्मत भन्दा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले नतिजा आफूले सहज रुपमा लिने बताए।

    नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान शुरु भएको छ। पटक पटक संशोधन हुँदै सोमबार राति २ बजे तय भए पनि निर्वाचन बिहान ४ बजेपछि मात्रै शुरु भएको हो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend