एमाले महासचिवमा विष्णु पौडेल, ओलीको पनि केही चलेन् !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, मंसिर १२ २०७८
  • एमाले महासचिवमा विष्णु पौडेल, ओलीको पनि केही चलेन् !

    काठमाडौं – नेकपा एमालेको भावी महासचिवमा नेता विष्णु पौडेलको पल्ला भारी देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत चाहना महासचिवमा शंकर पोखरेललाई ल्याउने भए पनि माहोल भने पौडेलको पक्षमा देखिएको हो।

    महाधिवेशन प्रतिनिधि तथा आफू निकट नेताको सुझावका आधारमा ओलीले पौडेललाई महासचिव बनाउने मनसाय गरेको स्रोतले बताएको छ। ओलीले आइतबार बिहान महासचिवमा दाबी गरेका नेता पौडेल र पोखरेलसँग छलफल गरी आपसमा सहमति गरेर आउन भनेका छन्।

    तर अध्यक्ष ओलीको व्यवहारलाई लिएर पोखरेल चिढिएको उनी निकट नेताले बताएका छन्। पोखरेलसँग भेट गरेका ती नेताले भने, ‘अध्यक्षको व्यवहारबाट उहाँ इरिटेड हुनुभएको छ।’

    नेता पौडेल भने ‘रिल्याक्सड्’ देखिएका छन्। ओली बसेको होटलको तल कार्यकर्ताहरुसँग रहेका नेता पौडेल शान्त मुद्रामा छन्। यता एमाले अध्यक्षमा उम्मेदवारी पेश गरेका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटको तयारी भएको छ।

    स्रोतका अनुसार निर्वाचन प्रक्रिया शुरु हुनअघि नै ओली र रावलबीच भेट हुनेछ । बिहान ८ बजे शुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया अझै शुरु भएको छैन् । अध्यक्ष मण्डलको अनुमति नआएकाले प्रक्रिया शुरु नगरेको निर्वाचन आयोग प्रमुख विजय सुब्बाले जानकारी दिए।

    निर्वाचनको प्रक्रिया शुरु हुनुअघि नै रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु लागिपरेका हुन् । स्रोतका अनुसार आज बिहान ओलीनिकट नेताहरुले रावललाई भेटेर सहमतीय प्रक्रियाका लागि सहमति जनाउन र उपाध्यक्ष मान्न तयार हुन आग्रह गरेका थिए।

    अध्यक्ष उठ्दा हारिने प्रष्ट भएको स्मरण गराउँदै रावललाई भेटेको ओलीनिकट नेताहरुले उपाध्यक्षमा बस्न तयार हुन आग्रह गरेका थिए। ओलीनिकटहरुको त्यस्तो आग्रहपछि रावलले एक पटक ओलीसँगै भेटेर सहल्ला गर्ने चाहाना प्रकट गरेकाले उनीहरुबीच भेटघाट गराउन लागिएको हो । यो बीचमा ओलीनिकट नेताहरुले रावललाई तीन पटक भेटेको पनि स्रोतले बतायो।

    रावल निकट स्रोतले भने भेटघाटको कुनै कार्यक्रम नरहेको बताएको छ। रावलनिकट समूहमै पनि सहमतिमै जानुपर्ने जोड छ। ओली वरिष्ठ उपाध्यक्ष दिन तयार भएमा सहमतिमा जानु पर्ने रावलनिटहरुको उनलाई दबाब छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend