अन्तिम आवरमा ओलीको प्रस्ताव भीम रावलले गरे स्वीकार, एमालेमा खुसीयाली !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, मंसिर १२ २०७८
  • अन्तिम आवरमा ओलीको प्रस्ताव भीम रावलले गरे स्वीकार, एमालेमा खुसीयाली !

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव भीम रावलले २ दिनपछि स्वीकार गरेका छ तर अहिले ढिला भइसकेको छ । सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्

    तर रावललाई अब वरिष्ठ उपाध्यक्ष नदिने मुड ओलीले बनाइसकेका छन् । उनले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षमा सेट गरिसकेको खबर छ जसमा सुवास नेम्वाङको समेत सहमती भइसकेको छ ।

    रावलको सन्देशपछि एमालेमा खुसीयाली छाएको छ । ओली निकट नेताहरुसँग शनिबार राति भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हट्ने बताएको स्रोतले जानकारी दिएको छ।

    रावलले सो सन्देश ओली निकट नेताहरुमार्फत पठाएका हुन्। एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सर्वाधिकार ओलीलाई दिइएको छ। तर रावलले अध्यक्षमा दावेदारी छोडेका छैनन्।

    उनले वरिष्ठ उपाध्यक्षको दाबीसहितको सन्देश पठाएपछि ओलीलाई झनै सकस हुने देखिएको छ। ईश्वर पोखरेल र सुवास नेम्वाङ यसअघि नै वरिष्ठ उपाध्यक्षको होडमा छन्।

    यता महाधिवेशनको तेस्रो दिन पनि सहमति जुटाउन नेताहरूबीच छलफल जारी छ । अहिले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् ।

    उनले आफू बसिरहेको सौराहास्थित पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूसँग छलफल गरिरहेका हुन् ।

    अन्य पदका लागि लगभग सहमति भए पनि अध्यक्षमा पार्टी उपाध्यक्ष भीम रावलले पनि दाबी गर्दा नेताहरूबीचको सहमति टुंगोमा पुग्न सकेको छैन । यदि रावल अध्यक्षबाट पछि नहटे आजै निर्वाचन हुनेछ । त्यसअघि, बिहानैदेखि नेताहरूले सहमतिको प्रयासका लागि छलफल सुरु गरेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend