ओलीलाई टक्कर दिइरहेका भिम रावललाई बेपत्ता पारियो !

  • अनलाइनमार्ग डेस्क

    आइतबार, मंसिर १२ २०७८
  • ओलीलाई टक्कर दिइरहेका भिम रावललाई बेपत्ता पारियो !

    चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीलाई टक्कर दिइरहेका भीम रावललाइ लुकाइएको खबर छ । अध्यक्षको प्रत्यासी रहेका रावललाई सुरक्षा खतराको विश्लेषण गरिएको हो ।

    रावललाई सुरक्षा खतरा बढेको भन्दै प्रहरीले उनको सुरक्षार्थ सुरक्षाकर्मीको संख्या थपेको छ । यति सम्मकी हिजो देखी भिम रावल कुन होटलमा बसेका छन् भनेर बस्ने ठाउँ समेत गोप्य राखिएको छ । सुरक्षाकै कारण रावल बसको लोकेसन लुकाइएको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी इन्द्र रानाले नेताहरुको सुरक्षामा थप सुरक्षाकर्मी आवश्यक भएको विश्लेषणका आधारमा सुरक्षाकर्मीको संख्या बढाइएको पुष्टि गरे । भिम रावलको पनि बढाएको भन्दै उनले सबै खालका सुरक्षा रणनिती अपनाइएको जानकारी दिए ।

    महाधिवेशनमा सहभागी हुन चितवन पुगेका रावल हरेक दिन जसो होटल परिवर्तन गरेर बस्दै आएका छन् बिहिवार होटल होली लजमा बसेका रावल अर्को दिन होटल मोनालिसामा बसेका थिए । त्यस पछि भने उनी कुन होटलमा बसेका छन् भन्ने जानकारी गराइएको छैन । उनी होटल मोनालिसा बाट सरिसकेका छन् ।

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी सहित सम्पुर्ण केन्द्रिय कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार बन्द सत्रको हलले अध्यक्ष केपी ओलीलाई दिएको छ । यसको विरोध गर्दैै रावललले आफ्नो उमेदवारी कायम रहेको र एक भोट मात्रै आए पनि प्रतिष्पर्धा गर्ने बताउँदै आएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend