बलेसँग ब्रेकअप भएको समाचारले तहल्का मच्चाएपछि प्रिज्माले मुख खोलिन्, दिइन् सबैलाई चकित पार्ने प्रतिक्रिया !

  • अनलाइनमार्ग डेस्क

    शनिबार, मंसिर ११ २०७८
  • बलेसँग ब्रेकअप भएको समाचारले तहल्का मच्चाएपछि प्रिज्माले मुख खोलिन्, दिइन् सबैलाई चकित पार्ने प्रतिक्रिया !

    काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडाको सम्बन्धबाट अलग्गिएको समाचारले तहल्का पिटेपछि प्रिज्माले मुख खोलेकी छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट उदाएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा थियो ।

    केही अन्तरवार्ताहरुमा दुई जना एकअर्काको प्रेममा रहेको सांकेतिक रुपमा स्वीकार समेत उनीहरुले गरेका थिए । तर ब्रेकअपको समाचार बाहिरिएपछि प्रिज्माले मुख खोलेकी छन् र उनले सबैलाई चकित पार्ने प्रतिक्रिया दिएकी छन् ।

    उनीहरुले म्युजिक भिडिओ पनि सँगै गरेका छन् । फागुनमा बिहे गर्ने चर्चा पनि थियो । प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेनन् । यतिबेला भने यी दुई अलग भएको चर्चा चलेको छ ।

    प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् ।

    उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् ।

    ब्रेकअपको हल्लाबारे सोधिएको जिज्ञासामा प्रिज्माले भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुपर्‍यो नि । उहाँसँग को(आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ ९बले०लाई सँधै सर भनेर बोलाएकी छु । नभएको सम्बन्ध कसरी ब्रेकअप भयो रु म्युजिक भिडिओ आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend