विप्लवले आफ्नै गुरुलाई गोरुजस्तो व्यवहार गरेपछि…

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, मंसिर १० २०७८
  • विप्लवले आफ्नै गुरुलाई गोरुजस्तो व्यवहार गरेपछि…

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताहरुले आफ्नै गुुरुलाई गोरुजस्तो व्यवहार गरेका छन् । विप्लव निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शिक्षकको अनुहारमा कालोमोसो दलेको हो ।

    लामो समयदेखि भ्रष्टाचारमा संलग्न रहेको भन्दै नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले शिक्षकमाथी कालोमोसो दलेको हो ।

    आज संगठनले जाजरकोटको नलगाड नगरपालिका १ मा रहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलेको बताएको छ । कालोमोसो दलिएका प्रधानाध्यापक सोही नगरपालिका १२ का चन्द्रबहादुर केसी हुन् ।

    अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकाले उनलाई संगठनले कालोमोसो दलेर जनकारबाही गरेको बताएको छ । संगठनले सरकारी विद्यालय ध्वस्त पार्ने भ्रष्टाचारीहरुलाई क्रमशः जनकारबाही गर्ने जानकारी दिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend