माओवादी नेताकार्यकर्ताका लागि दुःखद खबरः वर्षमान पुनको उपचार असम्भव, आजै चालियो यस्तो कदम !

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, मंसिर १० २०७८
  • माओवादी नेताकार्यकर्ताका लागि दुःखद खबरः वर्षमान पुनको उपचार असम्भव, आजै चालियो यस्तो कदम !

    नेकपा माओवादी केन्द्र नेताकार्यकर्ताहरुलाई निराश बनाउने खबर छ । थाइल्याण्डमा उपचार सम्भव नभएपछि सो पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको छ।

    विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जन्डिसले सताएका कारण डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थ तथा ऊर्जामन्त्री पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन्।

    नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन्। उनीहरू आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए।

    समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

    काठमाडौंबाट बैंकक लैजाँदा जन्डिस ९बिलरुविन० को तह १८ रहेकामा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जन्डिससँगै शरीरका अन्य अंगमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानुपरेको चापागाईंले बताए।

    कोरोना संक्रमणको त्रास र आवतजावतमा चीन सरकारले लागू गराएको कडा मापदण्डका कारण पुनलाई त्यहाँ लान चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

    वंशाणुतग रूपमा रहेको जन्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक प्रस्थान गरेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरु अस्पताल र यसअघि ग्रान्डी अस्पतालमा उनले परीक्षण गराएका थिए। त्यस क्रममा चिकित्सकहरूले दिएको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा नेता पुन बैंकक गएका थिए।

    यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था गम्भीर हुँदा नेता पुनले बैंकको त्यही अस्पतालमा उपचार गरएका थिए। नेपालका ग्रान्डीलगायत अस्पताल र भारतको एपोलो अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि नेता पुन बैंकक गएका थिए।

    उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जन्डिस दोहोरिएको हो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend