एमाले महाधिवेशनको उत्साह छाइरहेकै बेला बाबुरामले गरे यस्तो ट्वीट, देशभरका एमालेहरु बने आक्रोशित !

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, मंसिर १० २०७८
  • एमाले महाधिवेशनको उत्साह छाइरहेकै बेला बाबुरामले गरे यस्तो ट्वीट, देशभरका एमालेहरु बने आक्रोशित !

    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उत्साह छाइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटले एमाले नेताकार्यकर्ताहरु रुष्ट बनेका छन् ।

    उनले नेकपा (एमाले) को महाधिवेशनलाई केपी ओलीको कुम्भमेला भन्दै टिप्पणी गरेपछि एमाले नेताकार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले सामाजिक संजालमा स्टाटस लेख्दै एमालेको अधिवेशनलाई विचरशुन्य पनि भनेका छन् ।

    उनले भनेका छन्, ‘विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्, चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना१’

    नयाँ नेतृत्व चयनका लागि एमाललेको १०औं महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend