फागुनमा विवाह गर्ने भनेपछि सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ को भयो ब्रेकअप

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, मंसिर १० २०७८
  • फागुनमा विवाह गर्ने भनेपछि सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ को भयो ब्रेकअप

    काठमाडौं । चर्चित हास्यकलाकार सागर लम्साल अर्थात बलेको ब्रेकअप भएको खबर छ । म्युजिक भिडियोका चल्तीका मोडल हुन् । हास्य सिरियल ‘भद्रगोल’बाट चर्चामा आएका सागरले म्युजिक भिडियोमा पनि आफ्नो नाम बनाए ।

    सागर केही समयदेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा रहेको चर्चा थियो । उसो त, सागर र प्रिज्माले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार भने कहिले पनि गरेनन् ।

    तर, पछिल्लो केही महिनादेखि प्रिज्मा र सागर एकसाथ भिडियोमा देखिन छाडेका छन् । सामाजिक सञ्जालमा एकसाथ तस्वीर शेयर गरिरहने उनीहरुले पछिल्लो समय कुनै पनि तस्वीर पोष्ट गरेका छैनन् ।

    योसँगै सांगीतिक बजारमा उनीहरुको प्रेममा ब्रेक लागेको चर्चा चल्न थालेको छ । सागर र प्रिज्मा केही महिनाअघि अलग भइसकेको स्रोतले बताएको छ ।

    सागर यसै वर्षको फागुनमा विवाह गर्ने बताउँदै आएका थिए । उनको विवाह प्रिज्मासँग नै हुने अड्कल गरिँदै आएको थियो । यही विषयमा कुरा नमिल्दा उनीहरुबीच फाटो आएको स्रोतको दाबी छ ।

    सागर र प्रिज्मा आफूहरुको सम्बन्धमा दरार आएको कुरा सार्वजनिक नहोस् भन्ने चाहन्थे । प्रिज्माले पनि पछिल्लो समय ‘ब्रेकअप’को विषयमा नसोध्न सञ्चारकर्मीहरुसँग आग्रह गर्दै आएकी थिइन् ।

    सागर र प्रिज्मा अहिले आ–आफ्नै तरिकाले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend