बैंकका कर्मचारीलाई हप्ताको तीन दिन छुट्टी दिने निर्णय

  • अनलाइनमार्ग डेस्क

    बुधबार, मंसिर ८ २०७८
  • बैंकका कर्मचारीलाई हप्ताको तीन दिन छुट्टी दिने निर्णय

    लण्डन । बेलायतको एक बैंकले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने घोषणा गरेको छ। एटम बैंकले तलब कट्टी नगरिकनै हप्तामा तीन दिन छुट्टी दिने निर्णय गरेको हो।

    उक्त बैंकले साप्ताहिक ुड्युटी हावरुमा पनि कटौति गरेको छ। एजेन्सीहरुका अनुसार एटम बैंकले साढे तीन घन्टा समय कटौति गरेको हो। यसअघि हप्तामा साढे ३७ घन्टा काम गर्ने कर्मचारीले अब ३४ घन्टामात्र काम गरे पुग्छ।

    समाचारका अनुसार उक्त बैंकमा ४ सय ३० जना कर्मचारी छन्। त्यहाँ काम गर्नेहरुलाई कि त सोमबारदेखि वा शुक्रबारदेखि तीन दिन विदा बस्ने प्रस्ताव गरिएको छ। बैंकले नोभेम्बर १ देखि नै यो व्यवस्था लागू गरेको छ।

    बैंकका सिइओ मार्क मुलेनले ुफोर डे वर्क पोलिसीुले कर्मचारीहरुमा अगाडि बढ्ने तागत पैदा हुने बताएका छन्। ुउनीहरु आफ्ना परिवारलाई धेरै समय दिन सक्छन्। यसले उनीहरुको निजी जीवनमा पनि फाइदा पुग्नेछ,ु उनले भने। –एजेन्सीको सहयोगमा

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend