अमेरिकी राष्ट्रपति जो बाइडेनले आजै लिएको यो कदमले झस्कियो चीन, अब के गर्ला्न सि जिनपिङ ?

  • अनलाइनमार्ग डेस्क

    बुधबार, मंसिर ८ २०७८
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले आजै लिएको यो कदमले झस्कियो चीन, अब के गर्ला्न सि जिनपिङ ?

    अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरीका ११० देशलाई लोकतन्त्रबारे हुने एक भर्चुअल शिखर सम्मेलनलाई निम्तो पठाएका छन् । बाइडेनले चीनलाई निम्तो नपठाएपछि विश्व राजनीतिमा तरंग पैदा भएको छ ।

    यो शिखर सम्मेलन ९–१० डिसेम्बरमा हुँदै छ तर रोचक कुरा के हो भने यो शिखर सम्मेलनका लागि चीनलाई निम्तो दिएका छैनन् ।

    तर ताइवान भने यो सम्मेलनमा भाग लिनेछ । अमेरिकी विदेश विभागको तर्फबाट जारी एक पत्रमा यो जानकारी दिइएको छ ।

    यसका साथै टर्कीलाई पनि अमेरिकाको तर्फबाट निमन्त्रणा पठाइएको छैन । रुसलाई पनि यो सूचीमा स्थान दिइएको छैन । यसका साथै दक्षिण एशियाली क्षेत्रमा अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि बाहिर राखिएको छ ।

    राष्ट्रपति बाइडेनले लोकतन्त्रको रक्षालाई आफ्नो विदेश नीतिको महत्वपूर्ण हिस्सा बनाउन चाहन्छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend