रेखा थापा विवाह गर्दै, को सँग बाधिदैछ लगनगाठो ?

  • अनलाइनमार्ग डेस्क

    बुधबार, मंसिर ८ २०७८
  • रेखा थापा विवाह गर्दै, को सँग बाधिदैछ लगनगाठो ?

    चर्चित नायिका रेखा थापाले विवाह गर्ने भएकी छन् । उनले आफू विवाह गर्ने तयारीमा रहेको बताएकी हुुन्।

    सिनेपाटीलाई अन्तर्वार्ता दिँदै उनले आफूले मन पर्ने मानिस भेटिसकेको र चाँडै विवाह गर्ने बताएकी हुन्।

    ‘गर्छु डेफिनेट्ली गर्छु, विवाहको एगेन्समा म होइन, मलाई लाग्छ( एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि’, नायिका थापाले भनेकी छन्, ‘डेफिनेट्ली, म एउटा मन मिल्ने र विचार मिल्ने अनि आत्मीयता मिल्ने र, सँगै यात्रामा हिँड्दा सहज महसुस हुने पार्टनर आएपछि, आउनेवाला छ, भेटिसक्या छु।’

    तर उनले कोसँग र कहिले विवाह गर्ने भन्ने कुरा खुलाइनन्। विचार गरिरहेको मात्र बताइन्। एक वर्षअगाडिसम्म विवाह भनेपछि डर लाग्ने आफू समयसँगै परिवर्तन भएको उनले बताएकी छन्।

    ‘एक वर्षअगाडि पनि मलाई विवाह भनेपछि डर लाग्थ्यो, मबाट हुँदैन यो जस्तो लाग्थ्यो’, नायिका थापाले भनेकी छन्, ‘तर टाइम चेन्ज हुँदो रहेछ। गर्छु म।’

    केही वर्षअघि उनले फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend