पश्चिमा राष्ट्रमाथि किन यसरी खनिए पुटिन ?

  • अनलाइनमार्ग डेस्क

    शनिबार, मंसिर ४ २०७८
  • पश्चिमा राष्ट्रमाथि किन यसरी खनिए पुटिन ?

    एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले मस्को र बेइजिङको बिचमा फाटो ल्याउने प्रयास गरिरहेको भनाइ राखेका छन् ।

    रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले ूखुल्ला रूपमा मस्को र बेइजिङको बिचमा फाटो ल्याउने प्रयास गरिरहेकोू समेत टिप्पणी गरेका हुन्।

    ‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ, पुटिनले भने ।

    पुटिनले रुस र चीनबिचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको बताए । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले भने,’हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।’

    उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend