अन्ततः झुके मोदी, यस्तो घोषणा गर्न भए बाध्य

  • अनलाइनमार्ग डेस्क

    शनिबार, मंसिर ४ २०७८
  • अन्ततः झुके मोदी, यस्तो घोषणा गर्न भए बाध्य

    एजेन्सी – अन्ततः भारतीय प्रधानमन्त्री ब्याक भएका छन् । बहुमतसहित दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदी कडा अडान भएका नेता मानिन्छन् ।

    उनी सामान्यतया झुक्दै झुक्दैनन् । तर शुक्रवार बिहान उनले देशवासीलाई सम्बोधन गर्दै आफ्ना लामो समयदेखिको अडान त्यागे र किसानसामु झुके ।

    भारतका किसानले विगत १ वर्षदेखि विरोध गर्दै आएको कृषि कानून फिर्ता लिन मोदीले आनाकानी गरिरहेका थिए । सरकार र किसानबीच लामो समयदेखि संघर्ष चलिरहेको थियो तर मोदी सरकार कानून लागू गराउन अडानमा थियो ।

    शुक्रवार अप्रत्याशित रूपमा मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरे । आखिर मोदी किन झुके ? भारतभर चर्चा भइरहेको छ ।

    भारतका ठूला र प्रभावशाली प्रदेशहरूमा चुनाव हुन गइरहेकाले चुनावमा नकारात्मक असर कम गर्न कानून फिर्ता लिने घोषणा गरिएको विश्लेषण हुन थालेको छ । आगामी वर्ष भारतका उत्तर प्रदेश, पञ्जाब लगायत ठूला प्रदेशमा चुनाव हुँदैछ ।

    कृषि कानूनको विरोध चलिरहेका बेला भारतका विभिन्न् क्षेत्रमा भएका चुनावमा सरकारको नेतृत्व गरेको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई घाटा लागेको देखिएको छ । चुनावी घाटा कम गर्न चुनावको चर्चाबीच कृषि कानून फिर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend