मोदीको टाउकोको मुुल्य १ करोड तोकेपछि…

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, मंसिर ३ २०७८
  • मोदीको टाउकोको मुुल्य १ करोड तोकेपछि…

    काठमाडौं। टाउकोको मूल्य १ करोड तोकिएका प्रशान्त बोस र उनकी पत्नी शीला मरांडी पक्राउ परेका छन् । प्रशान्तले पक्राउ परेपछि दिएको बयानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना आफूले नै बनाएको स्वीकार गरेका छन् ।

    भारतीय कम्युनिस्ट पार्टी ९माओवादी० का बरिष्ठ पोलिटब्युरो सदस्य प्रशान्त अहिले पार्टीमा दोस्रो सबैभन्दा ठूला नेता हुन् । उनी पार्टीमा महासचिव नम्बाला केशव रावपछि दोस्रो स्थानमा छन् ।

    आफ्नो कोड नाम किसान दा भनेर चिनिने प्रशान्त र उनकी पत्नी शीलालाई गत शुक्रबार झारखण्डको जमशेदपुर नजिकैबाट पक्राउ गरिएको हो । उनी भाकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुका साथै पार्टीको पूर्वी क्षेत्रीय ब्युरो प्रमुख हुन् । पुलिसले प्रशान्तलाई बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा माओवादीको अपरेशनको मास्टरमाइण्ड मान्ने गरेको छ ।

    प्रशान्त बोस माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाका संस्थापक सदस्य हुन् । यो संगठन पछि पिपुल्स वार ग्रुपसँग मर्ज भएर भाकपा माओवादी बनेको थियो । प्रशान्तविरुद्ध झारखण्डमा करिब ५० केस दर्ता छन् ।

    उनको टाउकोको मूल्य १ करोड रुपैयाँ तोकिएको थियो । पक्राउ पर्दा प्रशान्तको साथबाट डेढ लाख रुपैयाँ र एउटा पेनड्राइभ बरामद भएको बताइएको छ । पेनडाइभमा नक्सली संगठनको बारेमा कैयौं महत्वपूर्ण सूचना भएको बताइएको छ ।

    प्रशान्त विगत कैयौं दशकदेखि भारतका कैयौं राज्यका पुलिसको लागि वान्टेड थिए । प्रशान्त झारखंड, बिहार, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा २ सय भन्दा धेरै नक्सली अपरेशनका मास्टरमाइण्ड थिए ।

    उनको उमेर ८० वर्षभन्दा धेरै भइसकेको छ । उनी वृद्ध भए पनि संगठनका थिंक ट्यांक भएका कारण पार्टीभित्र उनको ओहोदा निकै उच्च छ । प्रशान्तले मुख्य गरी झारखण्डका जंगल र पहाडहरुमा शरण लिन्थे ।

    प्रशान्त मूल रुपले पश्चिम बंगालको २४ परगना जिल्लाका हुन् । उनले झारखंडको टुंडी प्रखंडकी आदिवासी महिला शिलासँग विवाह गरेका थिए । पुलिस सूत्रका अनुसार प्रशान्त १९६० को दशकको सुरुवातमै नक्सलीसँग सम्बन्धित एक श्रमिक संगठनको सदस्य भएका थिए ।

    त्यसपछि उनलाई १९७४ मा गिरफ्तार गरिएको थियो । ४ वर्षपछि १९७८ मा उनलाई रिहा गरिएको थियो । रिहा भएपछि उनले कर्न चटर्जीसँग मिलेर माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाको स्थापना गरेका थिए । यो समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend