भारतले चीनको सीमामा ब्राह्मोस क्षेप्यास्त्र तैनाथ गरेपछि उल्टै चीन कसरी बन्यो झन् पावरफुल ? अब के गर्लान् मोदी ?

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, मंसिर २ २०७८
  • भारतले चीनको सीमामा ब्राह्मोस क्षेप्यास्त्र तैनाथ गरेपछि उल्टै चीन कसरी बन्यो झन् पावरफुल ? अब के गर्लान् मोदी ?

    काठमाडौं – भारत र चीनबीच सीमा तनाव चर्किएको बेलामा भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेको छ । भारतको यो कदमले चीनलाई कुनै फरक नपरेको उल्टै चीन मजबुत बनेको प्रतिक्रिया चीनले दिएको छ ।

    त्यस कार्यले चीनलाई चिढ्याएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण तरिकाले सुल्झाउन बाधा पुग्ने ग्लोबल टाइम्सले लेखेको छ । साथै ब्रह्मोस बेकार भएको पनि उसले उल्लेख गरेको छ ।

    चीन आफैंले भारतीय सीमामा घातक क्षेप्यास्त्रहरू तैनाथ गरेको छ । चीनका सैन्य विशेषज्ञ सोङ चोङपिङले भारतको ब्रह्मोस क्षेप्यास्त्रबाट चीनको सुरक्षालाई खतरा नरहेको बताए ।

    चिनियाँ जनमुक्ति सेनाले एयर डिफेन्स क्षमता बढाइरहेको भएर ब्रह्मोस जस्तो सुपरसोनिक क्रुज मिसाइललाई खसाउन सक्ने उनको भनाइ छ । युद्ध शुरू हुँदा चीनले पहिले नै आक्रमण गरेर ब्रह्मोसको मिसाइल साइलो र अन्य सैन्य केन्द्रलाई ध्वस्त पार्ने दाबी पनि उनले गरे ।

    चीनका अर्का सैन्य विशेषज्ञ छ्यान फङले भारतको ब्रह्मोस क्षेप्यास्त्र तैनाथीबाट कठोर दृष्टिकोण झल्किएको बताए । दुवै पक्षले शान्तिपूर्ण तरिकाले सीमा विवाद सुल्झाउने भने पनि यस्तो तैनाथीले त्यो हुन नदिएको उनले बताए । एजेन्सी

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend